महिन्द्रा टू ह्विलरको दोस्रो विजेता घोषणा «

महिन्द्रा टू ह्विलरको दोस्रो विजेता घोषणा

अग्नि मोटो इन्कले महिन्द्रा टु ह्विलर्सले ‘मूल्य कति स्क्र्याच गरी आउँछ जति’ उत्सव योजनाको दोस्रो विजेता घोषणा गरेको छ । यस योजनाका दोस्रा विजेता तौलिहवा कपिलवस्तुकी सालिमुन निसा हुन् ।
यसअघि पहिलो पटक चितवन भरतपुरकी सिर्जना गौतमले स्क्र्याच गरी २ हजार ७५ रुपैयाँमा महिन्द्रा टू ह्विलर किन्ने मौका पाएकी थिइन् । यो योजनाअन्तर्गत महिन्द्राका कुनै पनि मोटरसाइकल तथा स्कुटर खरिद गरेपछि ग्राहकलाई एक वटा स्क्र्याच कुपन प्रदान गरिन्छ र उक्त स्क्र्याच कुपनमा स्क्र्याच गर्दा देखिएको मूल्य तिरी ग्राहकले मोटरसाइकल तथा स्कुटर खरिद गर्न सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्