रिडी जलविद्युत् आयोजना सञ्चालनमा «

रिडी जलविद्युत् आयोजना सञ्चालनमा

रिडी हाइड्रोपावर डेभपलमेण्ट कम्पनीले पहिलो आयोजनाको रूपमा गुल्मी तथा पाल्पा जिल्लाको सिमाना भएर बग्ने रिडीखोलाबाट २४०० किलोवाट क्षमताको रिडीखोला जलविद्युत् आयोजना निर्माण गरी सञ्चालन गरेको छ । कम्पनीको पाँचथरमा निर्माण भइरहेको ९.९ मेगावाट क्षमताको इवाखोला आयोजनाको व्यवस्थापन गरी निर्माणकार्य गरिरहेको छ । उक्त आयोजनाको २०७५ साल कात्तिक महिनाबाट विद्युत् उत्पादन हुनेछ । कम्पनीले व्यवसायमा विविधीकरण गर्ने उद्देश्य अनुरुप ८.५ मेगावाट क्षमताको ग्रिड कन्क्टेड बुटवल सौर्य आयोजना निर्माण गर्ने कामको थालनी गरेको छ । यो आयोजनाको २०६३ भदौमा विद्युत् खरिद बिक्री सम्झौता भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्