मोबाइलसम्बन्धी सम्पूर्ण सूचना दिने पोर्टल सार्वजनिक «

मोबाइलसम्बन्धी सम्पूर्ण सूचना दिने पोर्टल सार्वजनिक

काठमाडौं-ग्याजेटसम्बन्धी सबै सूचना समेटिएको ग्याजेट फ्रेम वेब पोर्टल सार्वजनिक भएको छ । सिक्स सिग्मा इंकले सञ्चालनमा ल्याएको यो अनलाइन पोर्टल चलचित्र छक्का पञ्जा–३ का निर्माता एवं कलाकारहरू दीपकराज गिरी, दीपाश्री निरौला र केदार घिमिरे ‘माग्ने बुढा’सहितको टिमले सार्वजनिक गरेको हो ।
ग्याजेट फ्रेम डटकममा हाल विश्वबजारमा उपलब्ध सबैजसो मोबाइल ब्रान्ड र तिनका प्रडक्टकोे पूरा विवरण समावेश गरिएको कम्पनीका अध्यक्ष रामकृष्ण दाहालले बताए । प्रडक्टबीच एक आपसमा तुलना गर्न मिल्ने, नेपालमा कति मूल्यमा उपलब्ध छन, नजिकको कुन स्टोरमा पाइन्छ आदि जानकारी यस पोर्टलमा समावेश गरिएको छ ।
ग्राहकहरूले ग्याजेट फ्रेममार्फत आफूलाई कति मूल्यसम्मका र कस्ता विशेषता भएका मोबाइल आवश्यक परेको छ, सोहीअनुरूप फोन छान्ने सुविधासमेत पाउने छन् । साथै पछिल्ला प्रडक्टको रिभ्यु, स्मार्टफोन र यससम्बन्धी समाचार र ब्लग, अन्तर्वार्ता, ग्याजेट टिप्स आदि पोर्टलमा समावेश गरिएको छ । ग्याजेट फ्रेममा स्टोरहरूलाई आफ्नो युजर आईडी खोल्ने सुविधा छ । वेब पोर्टल सार्वजनिक गर्दै छक्का पञ्जा चलचित्रकी निर्देशक रहेकी दीपाश्रीले प्रविधिको बजार बढेसँगै उपभोक्ताले अनलाइनबाटै सामान रोज्न र सही सूचना प्रदान गर्न ग्याजेट फ्रेम सफल हुनेमा विश्वास व्यक्त गरिन् । उनीसहित कलाकार दीपकराज गिरी र केदार घिमिरे ‘माग्ने बुढा’ले ग्याजेट फ्रेमको सफलताको शुभकामना दिनुका साथै आगामी २४ गतेदेखि प्रदर्शनमा आउने चलचित्र छक्का पञ्जा–३ हेर्न सम्पूर्ण दर्शकलााई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्