गौचनको हत्याको घरेलु तथा साना उद्योग महासंघद्वारा भत्र्सना «

गौचनको हत्याको घरेलु तथा साना उद्योग महासंघद्वारा भत्र्सना

काठमाडौं : निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको सोमबार दिनदहाडै शान्तिनगरस्थित ओम शान्तिचोकमा अज्ञात समूहले गोली हानी हत्या गरिएको घटनाप्रति नेपाल घरेलु तथा साना उद्योेग महासंघले भत्र्सना गरेको छ । निर्माण व्यवसाय क्षेत्रका एक हस्ती सफल व्यवसायीको क्रुर घटनाप्रति गहिरो खेद तथा दुःख व्यक्त गर्दै यस्ता बर्बर, आपराधिक कार्यको महासंघले घोर निन्दा गरेको छ ।
अमानवीय र कायरतापूर्ण कार्यप्रति घोर आपत्ति प्रकट गर्दै घटनामा संलग्न व्यक्तिलाई तत्काल खोजी गरी कानुनी दायरामा ल्याउन महासंघले सरकार समक्ष जोडदार माग गरेको छ । घटनामा संलग्न अपराधीलाई हदैसम्मको कारबाही गर्न र मुलुकभित्र शान्ति सुरक्षाको अवस्था मजबुत बनाउन महासंघ सरकारसँग आभान गरको छ । राजधानीको व्यस्त स्थानमा व्यवसायीको दिनदहाडै हत्या हुनुले सम्पूर्ण उद्योेग व्यवसायको क्षेत्रमा सन्त्रास सिर्जना हुनुका साथै यस्ता अमानवीय कार्यले मुलुकमा विस्तारै बन्दै गरेको लगानीको वातावरणमा समेत नकारात्मक असर पु¥याउने महासंघको ठहर छ ।
चाडबाडको समयमा विशेष सुरक्षा व्यवस्था लागू गरिएको भन्ने सुरक्षा निकायहरूको दाबीकाबीच यस्तो घट्ना हुनुले सुरक्षा ब्यवस्था प्रति विश्वस्त हुने स्थिति नरहेको महासंघको भनाइ छ । देशको अर्थतन्त्रलाई टेवा पु¥याउने उद्योेगी व्यवसायीहरूको पूर्ण सुरक्षाको प्रत्याभूति गर्न विशेष सुरक्षा व्यवस्था लागू गर्न महासंघले जोडदार माग गरेको छ । देशभित्र उद्योगी व्यवसायीको सुरक्षा नहुँंदा वैदेशिक लगानीसमेत प्रभावित हुने र देशको आर्थिक समृद्धिको कल्पनासमेत गर्न नसकिने भएकाले सुरक्षा व्यवस्था प्रतिगम्भीर हुन महासंघ सरकारलाई आग्रह गरेको छ । साथै महासंघले स्वर्गीय गौचनप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै शोकसन्तप्त परिवारजन र सिंगो निर्माण व्यवसाय क्षेत्रप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्