रिर्भर टुरिजमका लागि रिसोर्ट «

रिर्भर टुरिजमका लागि रिसोर्ट

पाँचथरको सदरमुकाम फिदिमबाट बिदा मनाउने र शनिबार मनाउन जाने एउटा उपयुक्त गन्तव्य हो तमोर नदी । शनिबारको दिन तमोरमा घुम्न जाने र माछा खान जानेहरूको संख्या निकै ठूलो छ । वरिपरि डाँडा भएर उपत्यका जस्तै देखिने फिदिम बजारबाट बिदा मनाउने र फुर्सदमा घुम्न जाने कम ठाउँमध्ये धेरैको रोजाइमा पर्ने ठाउँनै तमोर नदी हो । दुई जिल्लाको सिमान भई बग्ने तमोर नदीमा घुमेर र नुहाएर माझीटारमा माछा खाने रहर जो कोहीलाई पनि हुन्छ ।
पाँचथर र तेह्रथुमको सिमाना भई बग्ने तमोर नदीमा रिर्भर टुरिजमको विकास गर्न भन्दै माझीटारमा रिसोर्ट स्थापना गरिएको छ । पाँचथर सदरमुकामबाट मध्य पहाडी लोकमार्गको १३ किलोमिटरको दूरीमा रहेको माझीटारमा रिसोर्ट स्थापना गरिएको हो ।
पाँचथर तेह्रथुम भई बग्ने तमोर नदीमा रिर्भर टुरिजजको विकास गर्ने मुख्य लक्षसहित बिभिन्न सेवा सुबिधासहित रिसोर्ट खुल्न लागेको हो । तमोर नदीमा बल्छीबाट माछा मार्ने, फिदिमको गर्मीलाई छल्न स्वीमिङ गर्न, छोटो दूरीको ¥यापटिङको सुबिधा निकट भविष्यमा रिसोर्टले दिने रिसोर्टका सञ्चालक बरुण तुम्बापोले दिए ।
रिसोटमा बिभिन्न जातमा लोकल माछाको स्वाद लिन पाइनेछ । स्थानीय जातको खुकुराको मासुको परिकारहरू रिसोर्ट उपल्बध हुने तुम्बापोले बताए । लोपउन्मुख जातिका रूपमा रहेका माझी समुदायको जानकारी लिन र अध्यन्न गर्नका लागि माझीटारलाई उपयुक्त गन्तव्यका रूपमा लिने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्