इरानी तनावले तेलको मूल्य बढ्यो «

इरानी तनावले तेलको मूल्य बढ्यो

मंगलबा तेलको मूल्यमा २०१४ देखिकै मजबुत सुरुवात भएको छ । इरानी तनाव र ओपेक तथा रुसको चालू अवस्थाको आपूर्ति कटौतीका कारण कच्चा तेलको मूल्य २०१५ मो मध्यको उच्च नजिक कायम भएको छ ।अमेरिकी तेलको मूल्य प्रति व्यारेल ६०.६१ डलर कायम भएको छ । यो मूल्य अघिल्लो मूल्यको तुलनामा १९ सेन्ट तथा ०.३ प्रतिशतको वृद्धि हो । यो मूल्य २०१५ को जुनदेखिकै उच्च हो ।
ब्रेन्ट कच्चा तेलको मूल्यमा पनि २५ सेन्ट अर्थात ०.४ प्रतिशतको वृद्धि भई प्रति व्यारेल ६७.१२ डलर कायम भएको छ ।
अमेरिका र ब्रेन्ट दुवै क्षेत्रको कच्चा तेलको मूल्य प्रति व्यारेल ६० डलरमाथि पुगेको २०१४ को जनवरीदेखिकै पहिलो पटक हो ।
“इरानमा भएको सरकार बिरोधी प्रदर्शनका कारण २०१८ को सुरुमा मूल्य उकालो लागेको हो,” अमेरिकास्थित चोर्कले ग्राहक टिप्पणीमार्फत जनाएको छ । लगातार चौथो दिनमा चलेको सरकार बिरोधी प्रदर्शनले इरानमा अशान्तिको अवस्था कायम भएको छ ।इरान बाहेक पनि बजार उकालो लाग्ने अवस्थामा देखिएको छ ।
“विश्वव्यापी मौज्दातमा आएको गिरावट र बलियो आर्थिक वृद्धिले फोर्टिज पाइपलाइको पुन सञ्चालनमा देखिएको अलमलबाट भएको क्षतिको पूर्ति गरेको छ । यसमा लिबियाको पुनः उत्पादनको पनि महत्वपूर्ण भूमिका देखिएको छ,” ओन्डाका वरिष्ठ बजार विश्लेषक जेफरी हालेले बताए ।प्रति दिन ४ लाख ५० हजार ब्यारलेल क्षमता भएको फोर्टिज पाइपलाइन प्रणाली डिसेम्बर ३० बाट पूर्ण सञ्चालनमा आएको छ ।

प्रतिक्रिया दिनुहोस्