Logo

भौतिक निर्माणको क्षेत्रमा छिमेकीबाट सिक्नुपर्ने पाठ

अंग्रेजको पञ्जाबाट मुक्त भएको ७० वर्षकै अवधिमा भारत महाशक्ति बन्न खास गरी अन्य सर्तहरूका अतिरिक्त सडकमार्ग, रेलमार्ग, बन्दगाह, जलविद्युत् आयोजना, सिँचाइ आयोजना, औद्योगिक करिडोर, एयरपोर्टलगायतका पूर्वाधारको क्षेत्रमा यथेष्ट लगानी गरिएका कारण हो । भारतमा निर्माण भइरहेको त्यस्तै भौतिक पूर्वाधारहरू (स्मार्ट सिटी, रेल्वे ब्रिज, सांस्कृतिक स्थल, स्मारक) को ०१६/१७ मा प्रारम्भ भई २०२२ सम्ममा पूरा गर्ने लक्ष्य राखिएको छ । भारतको भावी तस्बिर परिवर्तन गर्न सक्ने ल्याकत राख्ने यी आयोजनाहरू हाम्रा लागि अनुकरणीय र पठनीय हुन सक्छन् ।

स्मार्ट सिटी कोची
सूचना प्रविधिमा अग्रणी मुलुक भारतमा स्मार्ट सिटी निर्माणको अभियान जुटेको छ । यही अभियानको एउटा आयाम हो, स्मार्ट सिटी कोजी, जुन केरलाको कोजीमा निर्माणाधीन भइरहेको छ । स्मार्ट सिटी कोजीले भारतको स्मार्ट सिटीको दुनियाँमा यसकारण कृतिमानी कायम गर्दैछ कि यो भारतको पहिलो स्मार्ट सिटी हुँदो छ । १ बिलियन युएसडी लागत रहेको उक्त आयोजना भारत एफडिआई भित्र्याउन सफल छ, जसमा दुबई होल्डिङको ज्वाइन्ट भेन्चर रहेको छ । केरला सरकारको १६ प्रतिशत हिस्सा रहँदा दुबई होल्डिङको हिस्सा ८४ प्रतिशत छ । ९९.६ हेक्टर जमिनमा निर्माण भइरहेको उक्त आयोजनाको ६ चरणमा पूरा हुनेछ, जहाँ पहिलो चरणको कार्य २०१६ मा पूरा भएको छ भने अन्तिम चरणको कार्य २०२३ सम्ममा पूरा हुने बताइन्छ । उल्लेखीय रोजगारी सिर्जना हुनु उक्त आयोजनाको सर्हनिये पक्ष हो । आयोजना निर्माण हुँदा ९० हजारले प्रत्यक्ष रोजगारी प्राप्त गर्ने आयोजनाको दाबा छ ।
स्मार्ट सिटी कोची नेपालका लागि किन महत्वपूर्ण हुन सक्छ वा उक्त आयोजनाबाट नेपालले के सिक्न सक्छ, त्यो महत्वपूर्ण कुरा हो । यहाँ यो कुरा भुल्नु हुदैन कि स्मार्ट सिटी कोची, सूचना प्रविधिसँग सम्बन्धित विशेष आर्थिक क्षेत्र भएको र नेपालमा पनि स्मार्ट सिटीको अवधारण अगाडि सारिएको सन्दर्भमा हाम्रा नीति–निर्माताका लागि सहयोग सिद्ध हुन सक्छ । त्यस्तै नेपालले अर्को पनि पाठ सिक्न सक्छ, त्यो हो— पूर्वतयारी । कुनै बृहत् आयोजना निर्माण गर्दा पहिले जग्गा प्राप्ति गरिन्छ । जग्गा र वातावरण सिर्जित समस्या निदान गरिन्छ । पानी, बिजुली, ढलको प्रबन्ध गरिन्छ । टेलिफोन तार बिच्छ्याइन्छ । पार्क तथा खेलकुद मैदानको व्यवस्था गरिन्छ । बृक्षरोपण गरिन्छ । तत्पश्चात मुख्य कार्य सुरुवात कार्य गरिन्छ । बिनापूर्वतयारी निर्माण कार्य सुरु गर्ने र निर्माणका क्रममा समस्यासँग घिटीपिटी गर्ने हाम्रै निजी संस्कृतिका लागि गतिलो सबक हुन सक्छ, स्मार्ट सिटी कोची ।

विराट रामयण मन्दिर
७९ प्रतिशत हिन्दू धर्मावलम्बीको बाहुल्यता रहेको भारत आध्यात्मिक मुलुक पनि हो । हिन्दु धर्मप्रतिको आस्था र विश्वास गर्नेहरूको कमी छैन, भारतमा । ७८ मिलियन युएसडी लागत रहेको उक्त धरोहर बिहारको चम्पारणको केशरीमा निर्माण भइरहेको छ । यस धरोहरलाई हिन्दू धर्मावलम्बीहरूको सबैभन्दा विशाल सांस्कृति केन्द्रको रूपमा हेरिएको छ । मन्दिरलाई किन यति महत्वका साथ हेरिएको छ भन्ने सवालको जवाफ यसको उचाइ र फैलावटबाट मिल्छ । जहाँ मन्दिरको अधिकतम उचाइ ४ सय ५ फिट र मन्दिर परिसरको फैलावट ८ लाख ९ हजार वर्गमिटर प्रस्ताव गरिएको छ, जहाँ राम–सीतालगायत विभिन्न देवीदेवताका १८ वटा मन्दिर निर्माण गरिने योजना छ, अर्थात् यो विश्वकै ठूलो हिन्दू मन्दिर हुनेछ । महत्वपूर्ण कुराचाहिँ अन्य आयोजना जस्तो यो आयोजना सरकारी स्वामित्वमा निर्माण नभई महावीर ट्रस्टको निजी स्वामित्वमा निर्माण भइरहेको छ ।

चेनाब रेल वे ब्रिज
स्थल कनेक्टिभिटीलाई खुबै महत्व दिएको भारतले पहाडसम्म रेल पु¥याएको मात्र छैन, रेल्वेसँग जोडिएका कतिपय कृतिमानी कायम गरेको छ । त्यस्तैमध्येकै एक आयोजना हो, चेनाब रेल्वे ब्रिज, जुन जस्मु–कस्मिरअन्तर्गत रियासी जिल्लाको चिनाब नदीमा निर्माणाधीन छ । ११ सय करोड भारतीय रुपैयाँ लागतमा निर्माण भइरहेको यो पुल नदीको सतहवाट १२ सय फिटमाथि निर्माण भइरहेको छ, जसको उचाइ फ्रान्सको आइफल टावरभन्दा अधिक छ । १.३ किलोमिटर लम्बाइको उक्त पुल ७३ किलोमिटर लामो उदयपुर–श्रीनगर–बारमुल्ला रेललिंकको हिस्सा मानिन्छ । पुललाई रेल आवागमनका रूपमा मात्र हेरिएको छैन, बल्की पर्यटन प्रवद्र्धनको नजरियाबाट पनि हेरिएको छ । २०१२ मा सुरु भएको उक्त आयोजना २०१९ डिसेम्बरसम्ममा पूरा निर्माण सम्पन्न गर्न ठेकेदार कम्पनी हात धोएर लागिपरेको छ ।
चेनाब रेल्वे ब्रिज पुल नेपालका लागि किन महत्वपूर्ण हुन सक्छ वा उक्त आयोजनावाट नेपालले के सिक्न सक्छ । त्यो हो, खाँटी कुरा । जहाँसम्म नेपालले के सिक्न सक्छ भन्ने सवाल छ, शक्तिशाली भूकम्प भेल्न सक्ने सक्ने गरी निर्माण भइरहेको उक्त पुल हाम्रो जस्तो निर्माण सम्पन्न नहुँदै भत्कने पप्पु ब्रिजका लागि गतिलो सबक त हुन सक्छ । त्यस्तै पर्यटन प्रवद्र्धनलाई खासै महत्व नदिई निर्माण गरिँदै गरेका २३ थान राष्ट्रिय गौरवका आयोजनाका लागि गतिलो चटकना नभइरहन सक्दैन, चेनाब रेल्वे ब्रिज ।
स्टाचु अफ युनिटी
लौह पुरुषको उच्च सम्मान गर्ने संस्कृति स्थापित गरेको छ, छिमेकी भारतले । राष्ट्रिय व्यक्तित्वको कदर गर्दै गर्दा पर्यटन प्रवद्र्धनलाई समेत साथसाथै जोडेर लैजान पछि परेको छैन, भारत त्यसको ज्वलन्त उधारण हो, गुजरातको नर्मदा नदीको साधु वेट सरदार सरोभर भइरहेको स्टाचु अफ युनिटी ! स्टाचु अफ युनिटी अरू कसैको नभई सरदार बल्लभभाइ पटेलको हो, जो भारतका प्रथम गृहमन्त्री तथा स्वतन्त्र संग्रामका सेनानी मानिन्छन् । उक्त प्रतिमालाई यसकारण बिशेष महत्वका साथ हेरिएको छ कि यसले नै विश्वको सबैभन्दा अग्लो प्रतिमाको स्थान ग्रहण गर्दो छ । जो अमेरिकाको स्टाचु अफ लिबटीभन्दा दोब्बर अग्लो मात्र हुने छैन, अहिलेसम्मकै अग्लो मानिने चीनको स्प्रिङ टेम्पल बुद्धभन्दा १ सय फिट अधिक अग्ला हुनेछ, जसको उचाइ ५ सय ९७ फिट प्रस्ताव गरिएको छ ।
राष्ट्रिय जीवनमा अतुलनीय योगदान पु¥याएका लौह पुरुषको सम्मान र पर्यटन प्रवद्र्धनलाई एकै प्याकेजमा राखी अगाडि बढाएको उक्त प्रतिमामा २०१८ सम्मा पूरा गर्ने गरी २०१३ मा सुरुवात गरिएको हो, जुन वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीको ड्रिम पोजेक्ट पनि हो, जहाँ म्युजियम, बोटिङ, होटल, गार्डेनसहित वरिपरि १२ वर्गकिलोमिटर क्षत्रफलमा कृत्रिम झिलको निर्माण गरिनेछ । ५ सय फिट उचाइमा रहेको अवलोकन डेकबाट नर्मदा नदी र बिन्दाचल पहाडको सुन्दरता अवलोकन गर्न सकिनेछ । २० हजार वर्गमिटर क्षेत्रफपलमा निर्माण गरिने उक्त प्रतिमा अवलोकन गर्न दैनिक १५ हजार पर्यटक आगमन हुने आकलन छ ।
जहाँसम्म स्टाचु अफ युनिटी नपालका लागि किन महत्वपूर्ण हुन सक्छ वा के सिक्न सक्छ भन्ने सवाल छ, आयोजना सुरु र सम्पन्न तिथि किटान गर्न नसक्ने हाम्रो जस्तो कार्य संस्कृतिका लागि यो आयोजना वास्तवमै सबकनीय छ, जहाँ सालिकको लोकार्पण तिथि २०१८ अक्टुबर ३१ अर्थात् सरदार बल्लबभाई पटेलको जन्मदिन पारी तय गरिएको छ । तोकिएकै समयमा निर्माण सम्पन्न गर्न २४ सय कामदार अहोरात्र खटिरहेका छन । अर्को भनेको खर्चको पारदर्शिता हो, जहाँ खर्च विवरण सबैले देख्न सक्ने गरी पारदर्शी तुल्याइने उल्लेख भएको छ, जुन कुरा विकास आयोजनालाई भ्रष्टाचार गर्ने मेलो ठान्ने नेपाली कर्मचारीतन्त्रका गतिलो नसिहद हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्