सुनको मूल्य ३ महिनाकै उच्च

मंगलबार सुनको मूल्य ३ महिना भन्दा बढी अवधिकै उच्च कायम भएको छ । गत साता पनि मूल्य प्रति औंस १ हजार ३ सय डलर माथि पुगेको थियो ।खुद्रा सुनको मूल्यमा ०.२ प्रतिशतको वृद्धि भई प्रति औंश १ हजार ३ सय ५डलर ९३ सेन्ट कायम भएको छ । यो मूल्य सेप्टेम्बर २६ देखिकै उच्च हो । उक्त समयमा मूल्य १ हजार ३ सय ७ डलर ६३ सेन्ट कायम भएको थियो ।
अमेरिकी सुनको मूल्यमा भने ०.१ प्रतिशतले गिरावट आई प्रति औंश १ हजार ३ सय ड डलर कायम भएको छ ।सोमबार सुनको मूल्य प्रति औंश १ हजार २ सय ९७ डलर कायम भएको थियो ।
गत वर्ष सुनको मूल्यमा १३ प्रतिशतको वृद्धि भई २०१० देखिकै राम्रो वार्षिक वृद्धि कायम भएको थियो । ओरालो लागेको अमेरिकी डलर, राजनीतिक तनाव र अमेरिकी व्याज दर वृद्धिको प्रभाव न्यून भएपछि यसले सुनको मुल्यमा टेवा पुगेको हो ।
सुनको मूल्य कायम हुने डलरको भूमिका गत वर्ष २००३ देखिकै खराब भएको थियो । उत्तर कोरियासँगको तनाव, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभियानमा रुसी भूमिका र अमेरिकाको विद्यमान न्यून मुद्रास्फीति आदिका कारण सुनको मूल्य उकालो लागेको हो ।
“अमेरिकी ऋणपत्रको प्रतिफल र वर्षान्तमा अवमूल्यन भएको अमेरिकी डलरका कारण सुनले स्पष्ट रुपमा लाभ लिएको छ,” ओन्डाका वरिष्ठ बजार विश्लेषक जेफरी हालीले बताए ।
मध्य डिसेम्बरमा झन्डै पाँच महिनाकै न्यून अवस्थामा पुगेको मूल्यमा ७० डलर भन्दा बढीले वृद्धि भइसकेको छ । यद्यपि मूल्य उकालो लाग्ने प्रवृत्ती कति लामो समय सम्म टिक्ला भन्ने विषयमा विश्लेषक र व्यापारीहरु सावधानको अवस्थामा रहेका छन् ।
वृद्धि भएको ७० डलरको आधा गत साता मात्रै भएको थियो ।
अन्य बहुमूल्य धातुहरुमा चादीको मूल्यमा ०.१ प्रतिशत को वृद्धि भइ प्रति औंश १६.९६ डलर कायम भएको छ ।
प्लाटिनमको मूल्यमा पनि ०.२ प्रतिशतको वृद्धि भई ९२७.४९ डलर कायम भएको छ । पालाडियमको मूल्यमा पनि ०.४ प्रतिशतको वृद्धि भई प्रति औंश १ हजार ६५ डलर कायम भएको छ । गत साता पालाडियमको मूल्य २००१ को फेबु्रअरीदेखिकै उच्च अर्थात् १ हजार ७२ डलर कायम भएको थियो ।