खेलकूद विधेयक पारित «

खेलकूद विधेयक पारित

 

विराटनगर-प्रदेशको खेलकूद सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ प्रदेशसभाबाट सर्वसम्मतिले पारित भएको छ । 
आज बसेको प्रदेश नं १ प्रदेशसभाबाट नियमावली, २०७४ नियम ९२ बमोजिम सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रस्ताव राखे । यसअघि मन्त्री घिमिरेले खेलकूद स्वास्थ्य प्रवद्र्धन र अनुशासनका लागि भएकाले ४४ वटा दफासहितको यो विधेयकले खेलकूदमा उल्लेखनीय प्रगति हुने विश्वास गरे । 
प्रदेशसभामा प्रदेश खेलकूद सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि दफावार छलफल भएको थियो । छलफलमा प्रदेशसभा सदस्य ज्योति सुब्बा, बिमल कार्की, बिन्दिया कार्की, सरीता थापा र राजकुमार ओझाले आ–आफ्नो विचार राखे । प्रदेशसभाको अर्को बैठक भोलि अपराह्न १ बजे बस्ने सभामुख प्रदिपकुमार भण्डारीले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्