बागलुङका स्थास्थ्य चौकीमा औषधी अभाव । «

बागलुङका स्थास्थ्य चौकीमा औषधी अभाव ।

बगलुङ-बागलुङ नगरपालीकाका १० स्वास्थ्य चैकीमा औषधी अभाव भएको छ । औषधि खरिदका लागी समयमै टेन्डर आह्वान गर्न नसक्दा औषधिको अभाव भएको हो ।
आर्थिक बर्षको पहिलो महिना भित्र औषधी खरिदका लागी लागि टेण्डर आह्वान गरि खरिद गर्नु पर्ने प्राबधान छ । नगरपालीकाले समयमै टेन्डर आह्वान गर्ने नसक्दा नगरपालीकाका सबै स्वास्थ्य चौकिमा औषधि अभाव देखिएको छ । औषधी नभए पछि स्वास्थ्यचौकीसम्म पुग्ने सेवा ग्राहिहरु प्रभावित हुने गरेका छन् । स्वास्थ्य चौकीमा पुग्ने बिरामीहरुलाई दिने सामान्य औषधि समेत नभएको बा.न.पा ११ को रायडाँडा स्वास्थ चौकी प्रमुख भुमिश्वर आचार्यले बताए । आचार्यले स्वास्थ्य चौकीमा विगत ६ महिना देखि औषधी अभाव भएको बताए । ‘स्वास्थ्यचौकीमा अहिले औषधी छैन’ आचार्यले भने, ‘औषधी किन्ने र दिने अधिकार स्थानीय तहमा गए पछि हामीलाई झनै समस्या भयो ।’ सामान्य प्रकारका समस्याहरु स्वास्थ्य चौकिमै समाधान गर्न सकिने भएपनी औषधि अभावकै कारण विरामिलाई अंचल अस्पताल पठाउन आफहरु बाध्य भएको सिगाना स्वास्थ्य चौकी प्रमुख सपना नेपालीले बताईन ।
सरकारले निशुल्क दिने भनेको ३७ प्रकारका औषधी मध्ये अधा पनि स्वास्थ्यचौकीमा नभएको स्वास्थ्य कर्मीहरुले बताउने गरेका छन । ‘सिटामोल दिएर निको हुने बिरामीलाई सिटामोल समेत पुराउन सकेका छैनौ’ नेपालीले भनिन, ‘सामान्य सिटामोलको लागि मात्र पनि सदरमुकाम बागलुङ बजार पठाउनु पर्ने बाध्यता रहेको छ ।’ थेग्नै नसक्ने गरि औषधीको अभाव भए पछि स्वास्थ्य चौकी व्यवस्थापन समितिले आन्तरिक रुपमा समेत व्यवस्थापन गर्न नसक्ने नेपालीको उनको । आफ्नो स्वास्थ्य चौकीमा एक वर्षलाई पुग्ने औषधीको माग गरि नगरपालिकामा मागफारम बुझाए पनि अहिले सम्म औषधी नआएको गुनासो उनले गरिन । औषधी पठाउन ढिलासुस्ती भएको कारण थाहा नपाएकी नेपालीले भनिन्–‘औषधी नआउँदा जनताले अनावश्यक दुःख पाउनु पर्यो, सम्बन्धीत पक्षले समयमै ध्यान पुराओस ।’
स्थास्थ्यचौकिका लागी आवस्यक औषधी खरिदको लागि प्रक्रियामा रहेको नगरपालीकाका स्वास्थ्य शाखा प्रमुख जीवन शाक्यले बताए । औषधी मगाउन केही ढिला भएको बताउदै शाक्यले खरिद प्रक्रियामा रहेकोले कार्तिक महिना भित्रमा औषधी आउने बताए । ‘औषधि खरिद प्रकृयामा केहि ढीलाई भएको छ’ शाक्यले भने, ‘दशै लगत्तै यो अभाव पुर्ति हुनेगरी प्रकृया अगाडी वढाएका छौ ।’ नगरपालिकामा कर्मचारी परिर्वतन भइरहेका कारण औषधि खरिद प्रकृया पछाडी सरेको बुझिएको छ । अघिल्लो आर्थिक वर्षमा गरेको कामको बजेट हालसम्म निकासा नहुँदा निकासा कसले गर्ने भन्नेमा कर्मचारी बिच विवाद रहेको बुझाई छ । जसका कारण औषधी खरिद प्रक्रिया समेत प्रभावित भएको पाईएको छ ।

प्रतिक्रिया दिनुहोस्