वीरगञ्ज पब्लिक क्याम्पस व्यवस्थापन संकायमा उत्कृष्ट «

वीरगञ्ज पब्लिक क्याम्पस व्यवस्थापन संकायमा उत्कृष्ट

वीरगञ्ज – वीरगञ्ज पब्लिक कजेल (बीपीसी) व्यवस्थापन कलेजमा देशभरका कलेजलाई उछिन्दै मोफसलमै नमुना व्यवस्थापन कलेजको रूपमा स्थापित भएको छ । कलेजले ‘टप टेन बी स्कुल अफ नेपाल ईन बीबीए, बीबीएस,एमबीए’ बेष्ट बी स्कुल अफ प्रोभिन्स नम्बर २, बेष्ट एमबीएस कलेज अफ नेपाल, उत्कृष्ट मावि २०७५ गरी पाँच वटा विधामा उत्कृष्ट भएर व्यवस्थापन संकायको उच्च शिक्षामा आफूलाई स्थापित गर्न सफल भएको हो ।
प्रदेश नम्बर २ लाई मानव विकास सूचकांकमा पछि परेको प्रदेश भनिएपनि प्रदेश २ कै कलेज बीपीसीले पाएको उपाधीले सूचांकलाई चूनौती दिएको छ । वि.सं. २०५७ सालमा वीरगन्जको सुन्दरमल रामकुमार कन्या माविमा दुईओटा सेक्सनबाट प्लस टु सञ्चालन गरेर अध्यापन शुरु गरेको कलेजले शुरुमा अहिले व्यवस्थापन संकायमा ११ र १२ देखि बीबीएस, बीबीए, एमबीएस र एमबीए तह सञ्चालन गरिरहेको छ ।
यसै शैक्षिक सत्रदेखि बीआईएम र सीएको कक्षा पनि सञ्चालन गर्ने कलेजका कार्यकारी निर्देशक प्राध्यापक डा. दीपक शाक्यले बताए । कलेजले अहिले आफ्नै पाँचतले दुईओटा भवनमा कलेज सञ्चालन गरिरहेको छ । सुविधायुक्त तथा अत्याधुनिक लाइब्रेरी, ई–लाईब्रेरी, क्याण्टिन र आधुनिक शिक्षा प्रविधिको व्यवस्थापनसहित अध्यापन भइरहेको कलेजमा अहिले दुई हजार ८ सय विद्यार्थी अध्ययनरत रहेका छन् । कलेजमा अहिले ७० जना दक्ष तथा अनुभवी प्राध्यापकहरुले अध्यापन गराईरहेका छन् ।

कलेज सर्टिफिकेट वितरण गर्ने संस्था होइन

प्रा.डा. दीपक शाक्य
कार्यकारी निर्देशक,
बीपीसी कलेज, वीरगञ्ज
वीरगञ्ज पब्लिक कलेजले पाएको पुरस्कारले वीरगन्जको मात्रै होइन, प्रदेश नम्बर २ लाई नै गौरवान्वित बनाएको छ । हामीले कलेज स्थापना गर्दादेखि नै नामबाट शुरु गर्यौ । निजीस्तरबाट सञ्चालन गरिने भएपनि पब्लिक राख्यौं । वीरगञ्जको पहिचान झल्काउने हिसाबले वीरगञ्ज पब्लिक कलेज राख्यौं । लक्ष्य र उद्देश्य नै पवित्र भएपछि यसले सफलता पनि पाउँदो रहेछ भन्ने अहिले महशुस भएको छ ।
यो पुरस्कारले कलेजलाई मात्रै होइन, वीरगञ्ज र प्रदेश नम्बर २ लाई नै गौरवान्वित बनाएको छ । मानव विकास सूचकांकमा पछि रहेको भनिएको प्रदेश नम्बर २ लाई हेर्ने दृष्टिकोणलाई नै फरक बनाउनुपर्छ भन्ने संदेश हो यो । मानव विकास सूचकांकको मापन गर्ने एउटा क्षेत्र शिक्षामा नेपालकै उत्कृष्ट रहेको पुरस्कारले प्रमाणित गरेको छ । कलेज भनेको सर्टिफिकेट वितरण गर्ने संस्था मात्रै बन्नु हुँदैन । कलेजमा अध्ययन गरेका विद्यार्थीहरुलाई सही र समयानुकूलको शिक्षा दिन सकियो भने लक्ष्य र उद्देश्य प्राप्त गर्न पनि सम्भव हुँदोरहेछ । वीरगन्ज आर्थिक तथा औद्योगिक नगरी हो । यहाँ विशेषगरी आर्थिक क्षेत्रको गतिविधिहरु पनि बढी हुने गरेकोले यहाँ व्यवस्थापन संकायको अध्ययनको भविष्य उज्जवल छ । बीबीसी कलेजमा अध्ययन गरेका धेरै विद्यार्थीहरु अहिले विभिन्न बैंक तथा वित्तीय संस्थादेखि बहुराष्ट्रिय कम्पनीमा जिम्मेवार तहमा पुग्न सफल भएको छ । यो सबै सफलता प्राप्त गर्नको लागि व्यावस्थापकीय सक्षमता, अनुभवी र दक्ष टिम, विद्यार्थीहरुलाई आवश्यकता अनुसारको शिक्षा तथा प्रविधिको ज्ञान र सीप तथा नेतृत्व विकास र क्षमता विकास सम्बन्धि विभिन्न तालिमहरु उपलब्ध गराइएको र विद्यार्थीहरुको अनुशासनले पनि कलेजले सफलाता प्राप्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्