‘आईएमई पे’ र बससेवा ट्राभल एन्ड टुरबीच सम्झौता «

‘आईएमई पे’ र बससेवा ट्राभल एन्ड टुरबीच सम्झौता

बससेवा ट्रावल एन्ड टुर प्रालिअन्तर्गतका सेवाग्राहीहरूले आफूले प्रयोग गरेको यात्राको सेवा शुल्क अवदेखि ‘आईएमई पे’ मार्फत भुक्तान गर्न सक्ने व्यवस्था मिलाइएको छ । बससेवा ट्राभल एन्ड टुरमार्फत सम्पर्कमा आएका यात्रु एवं चालकहरुले कुनै पनि आईएमईका व्यावसायिक साझेदार वा ‘आइएमई पे’ बाट सेवा शुल्क संकलन तथा भुक्तान गर्न सक्ने भन्दै कम्पनीले यस व्यवस्थासँगै नजिकँदै गरेको नेपालीहरुको महान पर्व दसैंमा आवतजावत गर्ने यात्रुहरुलाई सहज हुने विश्वास राखेको छ । सम्झौता पत्रमा ‘आईएमई पे’ का तर्फबाट प्रमुख सञ्चालन अधिकृत डेनियल डी श्रेष्ठ र बससेवा ट्राभल एन्ड टुरका तर्फबाट अध्यक्ष पर्शुराम खनालले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्