आर्थिक क्रान्तिबाट समृद्धि «

आर्थिक क्रान्तिबाट समृद्धि

पाल्पा-नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरमान श्रेष्ठले नेपालमा विभिन्न राजनीतिक क्रान्तिहरू सफल भएको र अबको समृद्धिका लागि आर्थिक क्रान्ति आवश्यक रहेको बताएका छन् ।
शनिबार पाल्पा उद्योग वाणिज्य संघको ६३ औं वार्षिक साधारणसभा कार्यक्रमका प्रमुख अतिथि रहेका श्रेष्ठले देशका राजनीतिक दलका नेतृत्वले राजनीतिक क्रान्तिपछि देश समृद्धि हुने भने पनित्यो कुरा असफल भएको श्रेष्ठले बताए ।
तत्कालीन नेकपामा ओवादीका अध्यक्ष प्रचण्ड, नेपाली कांग्रेसका सभापति गिरीजाप्रसाद कोइराला र एमालेका नेता केपी ओली समक्ष उद्योगी व्यवसायीले अब राजनीतिक क्रान्ति होइन आर्थिक क्रान्ति गर्नुपर्ने माग गरेको स्मरण गर्दै श्रेष्ठले त्यो कुरा अहिले १ दशकपछि प्रमाणित हुँदै गएको बताए ।
नेपालका उद्योगी व्यसायीहरू राजनीतिक चपेटामा पिल्सिएका कारण नेपालको आर्थिक अवस्था समेत नाजुक बन्दै गएको श्रेष्ठको भनाइ छ । गाउँ–नगर उद्योग वाणिज्य संघतर्फका केन्द्रीय उपाध्यक्षसमेत रहेका श्रेष्ठले गाउँगाउँ र नगरमा रहेका सरकारले समेत आर्थिक समृद्धि हुने खालका कार्यक्रम बनाउनुपर्ने र त्यसमा उद्योगी व्यवसायी सहकार्य गर्न तयार रहेको बताए । नेपालमा घुस लिने र दिने प्रचलनले गर्दा उद्योगीव्यवसायी समेत आजित भएको बताउँदै श्रेष्ठले नेपालको सार्वजनिक प्रशासन र राजनीतिक नेृतृत्व सक्षम बनाउन अहिलेको सरकारले काम गर्नुपर्ने बताए ।
नेपालमा लगानीको वातावरण नभएकाले उद्योगीका लगानीहरूको सुरक्षा छैन, एक पक्षले चन्दा नदिएको भरमा वा कुनै वाहनामा उद्योगी व्यवसायीलाई आजित बनाएका हुन्छन् भने आर्कोतिर राजनीतिक अस्थिरता र अराजकताले उद्योगीहरू झन समस्यामा पर्दै गएको श्रेष्ठको भनाइ छ ।
सरकारले करको दर होइन दायरा बढाउ भन्ने उद्योग व्यवसायीको पहिलेदेखि कै माग रहेकाले उद्योगी व्यवसायीबाट कर मात्रै असुल्ने होइनकि उनीहरूको लगानीको सुरक्षा र संरक्षणतर्फ पनि सरकारले कदम चाल्नुपर्ने अवस्था छ ।
नेपालमा उच्चशिक्षा हासिल गरेका युवासमेत देशमा लगानीको वातावरण, श्रम नीति, रोजगारीको अवसर नभएका कारण १० लाख बढी विदेश गएका छन्, श्रेष्ठले भने यस्तै ५० लाख अदक्ष कामदारको रूपमा खाडीमुलक र विश्वभर नेपाली श्रमहरू छरिएको छ, उनीहरूलाई देशमै फर्काउने र देशमै विकास र आयआर्जनको काममा लगाउनुका लागि सरकारले उपयुक्त नीति बनाउनुपर्ने श्रेष्ठको माग छ ।
देशको समृद्धि र विकासमा सबै दल एक भएर लाग्नुपर्छ, व्यवसायीले जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको श्रेष्ठको भनाइ छ ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खेमबहादुर हमाल, पर्यटन व्यवसायी धनिश्वर बस्यालले उद्योगी व्यवसायीको प्रर्वद्धन र आयात रोक्ने खालका काममा सरकारले काम गर्नुपर्ने बताए ।
प्रदेश सभा सदस्य पुरनमान बज्राचार्यले बाम गठबन्धनको सरकारले विकासको काममा सबैसँग सहकार्य गर्ने बताए । यस्तै प्रदेश सांसद वीरबहादुर रानाले व्यवसायीको हकहित र प्रर्वद्धनमा आफूले सहयोग गर्ने बताए ।
पाल्पाउद्योग वाणिज्य संघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले तानसेनको भविष्यको विकासको लागि सिद्धबाबाको सडकको सुधार र पर्यटकीय विकास नै मुख्यआधार रहेको बताए । उनले स्थानीय सरकारले कर बढाउँदा स्थानीय व्यवसायीहरू पलायन हुनुपर्ने अवस्था आएको बताए ।

 

प्रतिक्रिया दिनुहोस्