मनाङमा पर्यटन सिजन सुरु «

मनाङमा पर्यटन सिजन सुरु

मनाङ-पर्यटन सिजन सुरु भयसँगै हिमालपारिको जिल्ला मनाङमा पर्यटन सिजन सुरु भएको छ । पर्यटकीय जिल्ला मनाङमा आन्तरिक तथा बाह्य पर्यटकहरूको आगमनमा विस्तारै पर्यटकहरूको आगमन सुरु भएको हो । विश्वमै परिचित अन्नपूर्ण पैदल मार्गका रूपमा यस क्षेत्र बाह्य पर्यटकहरूको पहिलो रोजाइँको रूपमा छ । बाह्य पर्यटकमात्र नभई यस क्षेत्र नेपाली आन्तरिक पर्यटकहरूको पनि रोजाइ पनि बनेको छ । यहाँको बिश्कै अग्लो स्थानमा रहेको तिलिचो ताल, आइस ताललगायत अन्य तालहरू, हिमश्रृङखला, बिभिन्न प्रसिद्ध गुम्बा, बिभिन्न जडिबुटी, जीव जनावरहरूलगायतका अन्य प्रकृतिक सुन्दरताका कारण पनि यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरूको रोजाइ बनेको हो ।
हिमाल पारीको जिल्लाबाट परिचित यस मनाङ जिल्ला र छिमेकी जिल्ला मुस्ताङ जिल्ला जोड्ने अन्नपूर्ण पैदल मार्ग ले पर्यटकहरूको मन जितेको छ । लम्जुङको बेंसीसहरबाट एकमात्र सडक मार्ग हुँदै आउने यस जिल्ला साँच्चै भन्ने हो भने स्वर्गको एक टुक्राको रूपमा लिन सकिन्छ । भौगोलिक रूपमा बिकटता मानियता पनि यस जिल्ला आफैमा सुन्दर रहेको जिल्ला हो । वर्षायाम विस्तारै सकियसँगै सुन्दर मौसमको सुरुवातसँगै आन्तरिक तथा बाह्य पर्यटकहरूको आगमनमा वृद्धि हुन थालेको हो । यस क्षेत्र सवारी साधनमा भन्दा बढी पैदल यात्रा आउने पर्यटकहरूको संख्यामा बढी देखिन्छ ।
विस्तारै सडकको पनि बिकास भैरहँदा आन्तरिक पर्यटकहरूको आगमनमा पनि वृद्धि भइरहेको एक्यापले जानाएको छ । मनाङ जिल्ला अब बिस्तारै नेपाली चलचित्र तथा म्युजिक भिडियो गर्न आउनेहरूको मात्रामा पनि बिस्तारै वृद्धि हुन थालेको छ । गत वर्ष नेपाली चलचित्र ए मेरो हजुर २ को शीर्ष गीत तथा सुटिङ भएपछि यस जिल्लाको प्रचार–प्रसारमा धेरै नै टेवा पुगेको थियो । सोही चलचित्रका कारण गत वर्ष आन्तरिक पर्यटकहरूको पनि ठूलो मात्रामा वृद्धि भएको थियोे ।

 

प्रतिक्रिया दिनुहोस्