वल्र्डकपमा करिब ३० देशका पाइलट सहभागी हुने «

वल्र्डकपमा करिब ३० देशका पाइलट सहभागी हुने

जग्गा उपलब्ध गराउन नसक्दा पोखरामा हुने प्याराग्लाइडिङ वल्र्डकप स्याङ्जाको स्वरेक मैदानमा हुने तयारी

पोखरा-नेपालमै पहिलो पटक प्याराग्लाइडिङको वल्र्डकप गर्ने अवसर पाएको पोखराले अन्ततः व्यवसायी र पोखरा महानगरपालिकाबीचको टकरावले गर्दा उक्त प्रतियोगिता स्याङ्जाको स्वरेक मैदानमा हुने भएको छ ।
विश्वमै प्याराग्लाइडिङको उत्कृष्ट पाँच मध्यमा पर्ने पोखरामा यसअघि प्याराग्लाइडिङको प्रि वल्र्डकप (एफएआई क्याटागोरी टु) समेत सम्पन्न भई वल्र्डकपको तयारी हुदै गर्दा महानगरपालिका र व्यवसायीहरूकाबीच करको विषयमा विवाद टुंग्याउन नसक्दा अन्ततः उक्त प्रतियोगिता पोखरादेखि करिब ७५ किलोमिटर टाडाको दूरी स्याङ्जामा उक्त प्रतियोगिता हुने भएको हो ।
नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघका महासचिव तथा उक्त प्रतियोगिताका संयोजकसमेत रहेका सैलेन्द्र रावतले पोखरा महानगरपालिकाले जग्गा उपब्ध गराउन नसक्दा पोखरामा हुने उक्त प्रतियोगिता स्याङ्जामा हुने भएको बताए गरे । उनले भने, “वल्र्डकप गर्नका लागि प्याराग्लाइडिङ उडान (टेकअफ) को लागि कम्तीमा ४० वाई ४० मिटर र अवतरण( ल्यान्डिङ) को लागि १०० वाई १०० मिटर जग्गा आवश्यक भएको उक्त जग्गा महानगरपालिकाले उपलब्ध गराउन नसक्दा हामीले पोखराको विल्कपमा स्याङ्जा पुगेका हौं ।” महानगरपालिकासँग पटक–पटक उक्त जग्गा उपलब्ध गराउन माग गर्दा कुनै सुनुवाई नभएपछि आफूहरू विकल्पतर्फ लागेको उनले जनाए ।
कास्कीको सराङकोटस्थित तेरीपानीको क्षेत्रमा १४ रोपनी जग्गा प्याराग्लाइडिङ उडानका लागि उपयुक्त देखेर आफूहरूले पोखरा महानगरपालिका–२४ बाट समेत अनुमति लियर महानगरपालिकामा अनुमतिका लागि फाइल पेस गर्दा काम अघि नबढेको नेपाली टिमका प्याराग्लाइडिङ प्रशिक्षक योगेश भट्टराईले बताए । पोखरा महानगरपालिकाले सहमति मात्र दिएको खण्डमा आफूहरूले प्याराग्लाइडिङ प्रतियोगिताको लागि न्यूनतम आवश्यक पूर्वाधार निर्माणमा गर्न लाग्ने हवाई खेलकुद संस्था नाका अध्यक्ष समेत रहेका प्रशिक्षक भट्टराईले बताए । राखेपबाट पोखरामा प्याराग्लाइडिङ खेलको पुर्वाधार विकासको लागि विनियोजन गरेको ३० लाख रुपैयाँ फ्रिज हुने उनले बताए ।
यस विषयमा पोखरा महानगरापालिकाका उपमेयर मन्जुदेवी गुरुङले उक्त प्रतियोगिताका लागि आफूहरूसहितको टोलीले जग्गा अवलोकन गरे पनि प्रतियोगिता आयोजक र व्यवसायीहरूले महानगरपालिकासँग पछि कुनै समन्वय नगरेको बताइन् । व्यवसायीहरूले महानगरपालिकामा तिर्नुपर्ने कर नतिरेर पोखराको विकल्पमा अन्यत्र जानु उचित नभएको उनले बताइन् । उनले भनिन्, “प्याराग्लाइडिङ व्यवसायीहरूसँग हामीले पटक–पटक छलफल गरी कर तिर्न आग्रह गर्दा हटेर गरेका छन अब हामी छिट्टै बैठक राखेर करा दायरामा ल्याउनेतर्फ लाग्छौं ।” महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेषनारायण पौडेलले पोखरामा हुने उक्त वल्र्डकप अन्यत्र हुने विषयमा आफूहरूलाई कुनै जानकारी नभएको बताए । आफूहरूले प्याराग्लाइडिङ खेललाई प्रथामिकता दिँदै व्यवसायीहरू करको दायरामा आउन नसकेको कारण आफू खुसी निर्णय गरेको उनले जनाए ।
पोखरा महानगरपालिकाले प्रतिप्याराग्लाइडिङ कम्पनीले वार्षिक रूपमा १ लाख रुपैयाँ राजस्व तिर्नुपर्ने बताइ रहँदा व्यवसायीहरूले भने पाँचतारे होटलको वार्षिक नवीकरण शुल्क बराबर २७ हजार तिर्न तयार रहेको व्यवसायीहरूले बताए । प्याराग्लाइडिङ कम्पनीले हाल महानगरपालिकासहित तीन ठाउँमा कर तिर्नुपर्ने अवस्था रहेको व्यवसायीहरूले जनाएका छन् । उक्त कम्पनीले क्यानमा वार्षिक ९० हजार, पर्यटन मन्त्रालयमा वार्षिक ५० हजार रुपैयाँ राजस्व दिनुपर्ने हुन्छ ।
उक्त वल्र्डकपमा प्याराग्लाइडिङको एकुरेसी (स्पट ल्यान्डिङ ) व्यक्तिगत र समूहतर्फको महिला तथा पुरुष गरी ४ वटा स्वर्ण पदकका लागि वल्र्डकप हुने भएको संयोजक रावतले जनाए । उक्त प्रतियोगितामा करिब ३० देशका एक सय ५० भन्दा बढी प्याराग्लाइडिङका पाइलटहरूका सहभागी हुने भएको उनले जनाए । युरोपका र एसियाका महिला तथा पुरुष प्याराग्लाइडिङ पाइलटहरूको सहभागिता रहने उक्त प्रतियोगितामा हालसम्म करिब ७० भन्दा बढी प्याराग्लाइडिङका पाइलटहरूले अनलाइनमार्फत नाम दर्ता गराएको रावतले जनाए ।
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्याराग्लाइडिङ प्रतियोगिता पोखरामा हुने निर्णय भए पनि यस्तै विवाद चुलिँदै गएमा पोखरामा हुने सम्भावना न्यून रहेको उनले जनाए । त्यसैगरी साफ गेम्ससमेत नेपालमा हुने र प्याराग्लाइडिङ पनि पोखरामा हुने प्रवल सम्भावना छ तर यस्तै विवाद भएमा पोखराको विकल्प अन्यत्र हुन सक्ने बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्