कोसेली घर सञ्चालन गरिने «

कोसेली घर सञ्चालन गरिने

दाङ- जिल्लामा उत्पादन भएका वस्तु जानकारी तथा बिक्री वितरण एकै स्थानबाट दिने उद्देश्यले कोसेली घर सञ्चालन गरिने भएको छ ।
दाङ जिल्ला उद्योग वाणिज्य संघले घोराहीमा कोसेली घर सञ्चालनमा ल्याउन थालेको हो । अहिले कोसेली घरमा जिल्लाका विभिन्न स्थानमा उत्पादन भएका सामग्री तथा वस्तुहरू ल्याएउने कार्य जारी छ । जिल्लामा निजी क्षेत्रको लगानीमा पहिलो पटक कोसेली घर सञ्चालनमा ल्याउन थालिएको हो । संघको कार्यालय नजिकै कोसेली घर सञ्चालन गर्ने गरी तयारी गरिएको दाङ उद्योग वाणिज्य संघका सचिव तथा कोसेली घर व्यवस्थापन समितिका संयोजक मायाकुमारी पोख्रेलले जानकारी दिइन् । कोसेली घरमा जिल्लाको पहिचान झल्काउने वस्तु तथा सामग्री राखिने उद्योग वाणिज्य संघले जानकारी दिएको छ । हाल कोसेली घरमा जिल्लामा उत्पादन भएका वस्तु तथा सामाग्री ल्याएर राख्ने काम समेत भई राखेको छ ।
कोसेली घर केही सयमअघि नै सञ्चालनमा ल्याउने तयारी गरिए पनि प्राविधिक समस्याका कारण असोज अन्तयबाट सञ्चालन हुने । समितिका संयोजक पोख्रेलले जानकारी दिइन् । कोसेली घरमा जिल्लामा सवै पहिचान समेटिने गरी सञ्चालनमा ल्याइने उनको भनाइ छ । जसले गर्दा जिल्लामा आउने पर्यटक तथा जिल्लाभित्रका पर्यटकहरूलाई समेत जिल्लाका बारेमा जानकारी हुनेछ । “बाहिरबाट आउने व्यक्ति कोसेली घरमा पुगेमा जिल्लाको वारेमा सबै जानकारी लिन सक्ने गरी हामी अगाडि वढेका छौं,” संयोजक पोख्रेलले भनिन् । कोसेली घर व्यवस्थित रूपमा सञ्चालन गर्नका लागि उद्यमीहरूसँग छलफलसमेत गरिँदै आएको छ । जिल्लामा रहेका विभिन्न समुदायहरूसँग छलफल सुरु गरिएको उनको भनाइ छ ।
कोसेली घरमा जिल्लामा उत्पादन हुने सबै खाद्य वस्तु, च्याउ, मह, सिन्की, अचार, चिप्स, ढकिया, माटाका भाँडा, ध्यु, तथा धार्मिक तथा प्राकृतिक पर्यटकीय स्थलको बारेमा समेत जानकारी लिन सक्ने गरी व्यवस्था गरीने भएको छ । कोसेली घरमा सबै सामग्री राखिने र किन्न चाहनेहरू लाइ समेत किन्न सकिने व्यवस्था गरिने संयोजक पोख्रेलको भनाइ छ । यसले गर्दा उद्यमीहरूलाई बजारको खोजी रहनुपर्ने बाध्यता नहुने उनले बताइन् । कोसेली घर सञ्चालनमा आएपछि साना लगानीमा उद्यमी बनेकाका लागि प्रोत्साह तथा बजारी करणमा समेत सहज हुने उद्योग वाणिज्य संघको अपेक्षा छ । यसले उद्यमी बन्नसमेत प्रोत्साहन मिल्नेछ भने बजारको मागअनुसार वस्तु उत्पादन गर्न उद्यमीहरू अगाडि बढ्ने छन् । यसरी निजी क्षेत्रबाट सञ्चालनमा ल्याउन थालिएको कोसेली घरमा सबैको सहयोग रहने अपेक्षा उद्योग वाणिज्य संघको छ ।

 

प्रतिक्रिया दिनुहोस्