दुई संस्थान गाभेर आपूर्ति कम्पनी बनाउने प्रक्रिया अघि बढ्यो «

दुई संस्थान गाभेर आपूर्ति कम्पनी बनाउने प्रक्रिया अघि बढ्यो

“नयाँ कम्पनीले अत्यावश्यक २९ वटा वस्तु तथा सेवाको कारोबार आपूर्ति तथा वितरण गर्ने काम गर्छ ।”

सरकारले नेपाल खाद्य संस्थान र खारेज भएको नेसनल ट्रेडिङ लिमिटेडलाई गाभेर राष्ट्रिय आपूर्ति कम्पनी बनाउने प्रक्रिया अघि बढाएको छ । कम्पनी ऐनमा भएको व्यवस्थाअनुसार नै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले दुई वटा संस्थालाई गाभेर राष्ट्रिय आपूर्ति कम्पनी बनाउने प्रक्रिया अघि बढाएको हो ।
चालू आर्थिक वर्षको बजेटमार्फत नेसनल टे«डिङ लिमिटेड र खाद्य संस्थानलाई गाभेर राष्ट्रिय आपूर्ति कम्पनी बनाउने घोषणा गरिएको थियो । सोअनुसार मन्त्रालयले आपूर्ति कम्पनी बनाउनका लागेको हो । मन्त्रालयका सहसचिव एवम् प्रवक्ता नवराज ढकालको संयोजकत्वमा गठित समितिले आपूर्ति कम्पनी गठन एवं नेसनल ट्रेडिङ लिमिटेडको सम्पत्ति र दायित्व कम्पनीमा गाभ्नेसम्बन्धी सुझावसहितको प्रतिवेदन तयार गरी पेश गरेको छ ।
मन्त्रालयका प्रवक्ता ढकालले नेसनल टे«डिङ र खाद्य संस्थानको सम्पत्ति र दायित्य सुझावसहितको अध्ययन प्रतिवेदन तयार गरेर पेश गरिएको जानकारी दिए । दुई वटै संस्थानको सम्पति दायित्य अध्ययन गरिसकेकाले कम्पनी गठन प्रक्रिया अगाडि बढाइने उनले जानकारी दिए । “नयाँ कम्पनीले अत्यावश्यक २९ वटा वस्तु तथा सेवाको कारोबार आपूर्ति तथा वितरण गर्ने काम गर्छ,” उनले भन,े “व्यापारलाई विविधीकरण गरी अनलाइन व्यापार गर्नेलगायतका अन्य काम गर्ने छ ।” कम्पनीको सेयर अर्थ मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको रहने छ । दुवै संस्थाको सम्पत्ति १ अर्ब १९ करोड छ ।
नेपाल खाद्य संस्थान चुक्ता पूँजी ९९ करोड ४ लाख ९५ हजार रूपैयाँ र बाँकी नेसनल टे«डिङ लिमिटेडको सम्पत्ति रहेको छ । सरकारी स्वामित्वमा रहने यो संस्थानले खाद्यान्नलगायत अन्य आधारभूत वस्तु तथा सेवाको आपूर्ति सहज र सुपथ मूल्यमा खाद्य वितरण गर्दै आएको थियो । आधारभूत आवश्यकताका वस्तु तथा सेवा सुलभ मूल्यमा सहजरूपमा देशभर आम नागरिकमा उपलब्ध गराउने कम्पनीको उद्देश्य रहेको छ ।
मन्त्रालयका अनुसार कम्पनीले देशका विकट र खाद्यान्न अभाव भएका क्षेत्रमा उपयुक्त आपूर्तिको व्यवस्था गरी सुलभ मूल्यमा खाद्यान्नको सुनिश्चितता गराउनु, विभिन्न अन्तर्राष्ट्रिय समुदायमा गरिएको प्रतिबद्धताअनुसार आवश्यक खाद्यान्न भण्डारको व्यवस्था गर्ने छ । यस्तै विभिन्न मित्र राष्ट्रहरूबाट सहायता स्वरूप प्राप्त वस्तु तथा सेवा बिक्री गरी राजस्व संकलन गर्ने काम आपूर्तिले कम्पनीले गर्ने छ । मुलुकमा पर्न सक्ने विपत व्यवस्थापनमा प्रभावित समुदायलाई राहत वितरणमा सहयोग पु¥याउने काम पनि यो कम्पनीले गर्ने छ ।
राजनीतिक हस्तक्षेपले थिलथिलो भएको नेसनल टे«डिङ लिमिटेड बन्द हुने अवस्थामा पुगेपछि सरकारले खारेज गरेको थियो । जग्गा बेचेर कर्मचारीलाई अवकाश दिएर सरकारले नेसनल टे«डिङलाई खारेज गरेको थियो । मन्त्रिपरिषद्ले गत जेठ २५ मा नेपाल खाद्य संस्थान र नेसनल ट्रेडिङ लिमिटेडलाई मर्ज गरी राष्ट्रिय आपूर्ति कम्पनी स्थापना गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्