किष्ट बैंकका तत्कालीन प्रबन्ध सञ्चालक कमल ज्ञवाली पक्राउ «

किष्ट बैंकका तत्कालीन प्रबन्ध सञ्चालक कमल ज्ञवाली पक्राउ

किष्ट बैंकका तत्कालीन प्रबन्ध सञ्चालक कमल ज्ञवाली पक्राउ परेका छन् ।
महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले ज्ञवालीलाई भारतबाट पक्राउ गरी शुक्रबार नेपाल ल्याएको हो । जम्को प्रकाशनका नाममा कमसल धितो मूल्याङ्कन गरी ६ करोड बराबरको सम्पत्ति सद्धार्थ डेभलपमेन्ट बैंकबाट ३ गुणा बढी कर्जा प्रवाह गरेको अभियोगमा प्रहरीले अनुसन्धान सुरु गरेदेखि नै ज्ञवाली फरार रहँदै आएका थिए । किष्ट बैंकमा सञ्चालक र सीइओ दुबैको भूमिकामा रहँदा श्रीमति संलग्न रहेको संस्थालाई ऋण दिएर सो ऋण आफैँले घरजग्गामा लगानी गरी दुरुपयोग गरेको तथ्य फेला परेपछि उनीविरुद्ध मुद्दा दर्ता भएको थियो । २०७३ सालमा तत्कालीन पुनरावेदन अदालत (हाल उच्च अदालत) पाटनका न्यायधीशहरु चण्डीराज ढकाल र किशोर सिलवालको इजलासले ज्ञवाली र उनकी श्रीमतिलाई दोषी ठहर गर्दै बैंकिङ्ग कसुर तथा किर्ते जालसाजी मुद्दामा दोषी ठहर गर्दै ३ वर्ष जेल सजाय र १२ करोड ५० लाख रुपैयाँ जरिवाना सुनाएको थियो । नेपाल राष्ट्र बैंक बादी रहेको सो मुद्दामा २३ जनाविरूद्ध मुद्दा दायर गरेकोमा २३ जनामध्ये ८ जनालाई दोषी ठहर गर्दै कैद र जरिवानाको फैसला सुनाएको थियो ।
गुल्मीको मध्यमवर्गीय परिवारमा जन्मिएका ज्ञवाली काठमाडौं आएर पढाइसँगै  ०५९ सालमा ५ करोड रुपैयाँमा किष्ट मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स खोले । महत्वाकांक्षी ज्ञवाली घरजग्गा र सेयरमा ऋणमाथि ऋण थपेर लगानी बढाउँदै गएका थिए । अन्तत जम्को प्रकाशनका नाममा किष्ट बैंकबाटै र सिद्धार्थ डेभलपमेन्ट बैंकबाट ऋण लिएर दुरुपयोग गरेको रहस्य खुलेपछि फरार भएका थिए ।

प्रतिक्रिया दिनुहोस्