चिनीको मूल्य घटाउन प्रधानमन्त्रीको आदेश चाहिने «

चिनीको मूल्य घटाउन प्रधानमन्त्रीको आदेश चाहिने

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले चिनीको बजार मूल्य प्रतिकेजी ६३ रुपैयाँ कायम गर्न सार्वजनिक लेखा समितिले दिएको निर्देशन लागु गर्न नसक्ने स्पष्ट पारेका छन् ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री यादवले लेखा समितिले निर्देशन दिएका भोलीपल्टै अर्थात शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी चिनीको बजार मूल्य घटाउन दिएको निर्देशन लागु गर्न नसक्ने बताएका हुन् । लेखा समितिप्रति आक्रोशि देखिएका मन्त्री यादवले तरकारी र दाल चामलको भाउ पनि तोकिदिन समितिसँग व्यग्य गरे । त्यस्तै समितिको बैठकमा मन्त्रीलाई नबोलाई सचिवलाई मात्र बोलाएको भन्दै उनले समितिका सदस्य प्रति आक्रोश पनि व्यक्त गरे ।
उद्योग मन्त्री यादवले समितिले दिएको निर्देशन जस्तो चिनीको बजार मूल्य प्रतिकेजी ६३ रुपैयाँ कायम गर्न नसक्ने त्यसको लागी प्रधानमन्त्रीले लिखित आदेश दिनुपर्ने बताए । उनले तत्कालका लागी ७० रुपैयाँ भन्दा कममा मात्र चिनी किनबचे गर्न सबैलाई आग्रह गरे ।
पत्रकार सम्मेलन भरी पत्रकारलाई गाली गर्दै समय बिताएका उद्योग मन्त्री यादवले भ्रष्टाचार गरेको आरोप लगाउने तर प्रमाण नदिने लाई पनि कारवाही हुनुपर्ने माग गरे । यादवले आफूले भ्रष्टाचार गरेको भए अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्