अख्तियारले राष्ट्रिय गौरवका आयोजनामा भएको ढिलाईबारे अध्ययन गर्ने «

अख्तियारले राष्ट्रिय गौरवका आयोजनामा भएको ढिलाईबारे अध्ययन गर्ने

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय गौरवका आयोजनामा भएको ढिलाई बारे अध्ययन गर्ने भएको छ । सरकारले राष्ट्रिय गौरवको भनी प्राथमिकताका साथ छुट्याएको २१ वटा ठूला पूर्वाधारसम्बन्धी योजनामध्ये अधिकांशको प्रगति सुस्त भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्बन्धित मन्त्रालयसँग बिवरण माग गरेको छ।
राष्ट्रिय गौरवका आयोजनामा भएको ढिलाई बारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्ययन गर्ने, गलत भेटिए आयोग प्रवेश गर्ने प्रमुख आयुक्त नवीनकुमार घिमिरेले चेतावनी दिएका छन् । आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले कुनै बदनियतपूर्ण नभई बिकास निर्माणको काममा सरकारलाई सहयोग गर्नका लागि मात्र विवरण माग गरेको बताए । उनले अध्ययनको क्रममा कुनै गलत भेटिए मात्रै पनि आयोग प्रवेश गर्ने चेतावनी दिए ।
बिकास निर्माणसँग सम्बन्धित कतिपय राष्ट्रिय गौरवका आयोजनाको काम प्रारम्भिक चरण भन्दा अगाडि बढेको देखिँदैन । आयोगका प्रमुख आयुक्त घिमिरेले निमार्ण व्यवसायिहरुले अध्ययनका लागि भन्दै योजना लामो समयसम्म अल्मलाउने गरेको कारण बिकास निर्माणको काममा सुशासन कायम गर्न सरकारलाई चुनौती देखीएको बताए । उनले रुग्ण उद्योग लगायतका बिकास निर्माणको काममा देखीएको ढिलाई बारे अध्ययनको लागि प्रवेश गराउन लागेको जानकारी दिए ।
प्रमुख आयुक्त घिमिरेले स्थानीय निकायमा भएको भ्रष्टाचारलाई आयोगले नजिकबाट हेरीरहेको बता ए । । स्थानीय निकायमा गैर कानूनी नियुक्तिबाट पनि भ्रष्टाचार भइरहेको तर संविधानबाट अनुचित कार्य हटाईएकोले आयोग चुप लागेर बस्न बाध्य भएको प्रमुख आयुक्त घिमिरको भनाई थियो । उनले आयोगको बिकल्प कुने आयोग नहुने भन्दै यदी भ्रष्ट्राचार न्युनिकरण गर्ने हो भने अनुचित कार्यलाई पनि अख्तियारको क्षेत्राधिकारभित्र राखिनुपर्ने अन्यथा भ्रष्ट्राचार मौलाएर जाने बताए।

प्रतिक्रिया दिनुहोस्