गोयनका स्टिल्सको ११ वर्षदेखि निरन्तर उत्पादन «

गोयनका स्टिल्सको ११ वर्षदेखि निरन्तर उत्पादन

विकास र निर्माणलाई आवश्यक पर्ने फलामे छड र सिमेन्टलाई नेपाली उपभोक्ता बजारमा आपूर्ति गर्न गोयनका समूहबाट गोयनका स्टिल्स्ले विगत ११ वर्षदेखि फलामे छड उत्पादन गरिरहेको छ । गोयनका सिमेन्टले विगत १० वर्षदेखि ओपिसी, पिएससी र पिपिसी गरी तिनै प्रकारको सिमेन्टको उत्पादन गरी गुणस्तरीय फलामे छड र सिमेन्ट नेपाली बजारमा आपूर्ति गरिरहेको छ । गुणस्तरीय छड्को उत्पादनलाई प्रमुख मूल मन्त्र लिइरहेको यस गोयनका स्टिल्स्ले भारतको विशाखापटन स्टिल्स प्लान्ट, जिन्दल स्टिल एन्ड पावरजस्ता प्रमुख कम्पनीबाट उच्चकोटिका प्राइम एमइस फलाम आयात गरी फिइ ५०० ग्रेडमा अधिक शक्तिशाली एवं लाचकदार गोयनका गोल्ड टिएमटी फलामे छड उत्पादन गरी नेपाली उपभोक्ता बजारमा आपूर्ति गरिरहेको छ । गोयनका सिमेन्ट कम्पनीले भारतका प्रख्यात सिमेन्ट कम्पनी बाट क्लिंकर आयात गरी ग्रीन फिल्ड प्रोजेक्टमा आधारित क्लोज सर्किट मिलबाट ओपिसी, पिएससी र पिपिस सिमेन्ट उत्पादन गर्दै आइरहेको छ ।
यस कम्पनीबाट उत्पादित सिमेन्टहरूको मसिनोपना ज्यादा हुने भएकाले यसको पकड शाक्ति मजबुत रहेको छ । यस गोयनका समूहले आनो नुवाकोट क्षेत्रमा रहनुभएका डिलर/विक्रेताहरूको सहकार्यमा यस क्षेत्रमा बिक्री भएको फलामे छड र सिमेन्टको परिमाणलाई आधार मानी यस क्षेत्रमा रहेका भूकम्प पीडितलाई सहयोगार्थ कार्यक्रमअन्तर्गत नुवाकोट उद्योग वाणिज्य संघमार्फत कार्य गर्ने गरी गोयनका स्टिल्सले रकम रु. ६३०,२५८।७० र गोयनका सिमेन्टले रकम रु. २८५,७७० चेक उद्योग वाणिज्य संघ, नुवाकोटलाई हस्तान्तरण गरेको छ । नुवाकोट क्षेत्रमा रहेको आना डिलर /विक्रताहरूको सहकार्य र आनो कम्पनीबाट उत्पादित गुणस्तरीय फलामे छड र सिमेन्टलाई सो क्षेत्रको विकास तथा पुनर्निर्माणमा प्रयोग गरी आम उपभोक्ताको वर्षौंसम्मको लगानीलाई सुरक्षित बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्