मेलम्चीमा कृषि विकास बैंकको एटीएम सेवा «

मेलम्चीमा कृषि विकास बैंकको एटीएम सेवा

सिन्धुपाल्चोक जिल्लाको मेलम्चीमा कृषि विकास बैंककोे एटीएम सेवा बिहीबार कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत लीलाप्रकाश सिटौला र मेलम्ची नगरपालिकाका नगरप्रमुख डम्बरबहादुरबाट संयुक्त रूपमा औपचारिक उद्घाटन भएको छ । कृषि विकास बैंक क्षेत्रीय कार्यालय, काठमाडौंका मुख्य निर्देशक चूडामणि तिम्सेनाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य कृषि विकास बैंक मेलम्चीका प्रबन्धक तोलाकान्त अधिकारीले गरे भने कार्यक्रमका प्रमुख अतिथि सिटौलाले कृषि विकास बैंकले प्रदान गर्ने सेवा सुविधा तथा बैंकको भिसा कार्ड, आईपीएस, इन्टरनेट बैंकिङ, आस्बा सुविधा, डिम्याट सुविधा, मोबाइल बैंकिङ, एसएमएसका बारेमा जानकारी गराएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्