अवरोध हटाउन सके नेपालमा ई–कमर्सको ठूलो सम्भावना «

अवरोध हटाउन सके नेपालमा ई–कमर्सको ठूलो सम्भावना

काठमाडौं-क्षेत्रीय आइसिटी नीतिको भण्डार लर्न एसियाद्वारा भर्खरै सम्पन्न गरिएको आफ्टर एक्सेस सर्वेक्षणले हालसम्म उपलब्ध हुन नसकेको नेपालमा मोबाइल तथा इन्टरनेटको पहुँच तथा प्रयोगसम्बन्धी तथ्यांक सार्वजनिक गरेको छ ।
अनुसन्धान प्रतिवेदनअनुसार नेपाल धनी छिमेकी मुलुकहरूको तुलनामा मोबाइल तथा इन्टरनेट प्रयोगमा अग्रस्थानमा छ तर ई–कमर्सको सूचांकमा भने सो अवस्था नरहेको पाइयो ।
अध्ययनका अनुसार १५ देखि ६५ उमेर समूहका ७२ प्रतिशत नेपाली जनतासँग मोबाइल फोन रहेको पाइयो । यीमध्ये ६० प्रतिशत फोनहरू इन्टरनेट चल्ने फोनहरू थिए । यसको साथै ४६ प्रतिशत नेपालीहरू इन्टरनेटका बारेमा जानाकार रहेको पाइयो । यो प्रतिशत यस प्रतिवेदनमा समावेश गरिएका एसियाका मुलुकहरू भारत, पाकिस्तान, म्यानमार, बंगलादेश र कम्बोडियाको भन्दा उच्च छ ।
लर्न एसियाका प्रमुख कार्यकारी अधिकृत तथा क्षेत्रीय आइसिटी नीतिका विशेषज्ञ हेलानी गलपाया भन्छन्, “नेपालमा ई कमर्स विकासको ठूलो सम्भावना छ । यस क्षेत्रका सरोकारवालाहरू चेतना अभिवृद्धि तथा मोबाइल वित्तीय सेवा र ई–कमर्श वृद्धिका लागि सँगसँगै अघि बढ्नुपर्छ ।”
केवल ३५ मोबाइल प्रयोगकर्ताले कुनै बेला पैसा पठाउन र प्राप्त गर्न मोबाइल प्रयोग गरेको वताए । त्यस्तै केवल २५ प्रतिशत १५देखि ६५ उमेर समूहका नेपाली इन्टरनेट प्रयोगकर्ताहरूले विभिन्न मञ्चहरूमध्ये कम्तिमा एउटाका बारेमा जानकार रहेको कुरा बताए । यस समूहको मात्र ४५ ले तिनीहरूमध्ये कुनैको प्रयोग गरेको बताए । यो संख्या सर्वेक्षण गरिएका धेरै एसियाली देशहरूको मध्ये न्यून हो ।
इन्टरनेट प्रयोग नगर्नुको मूख्य कारण यससम्बन्धी चेतनाको कमी रहेको सर्वेक्षणमा देखिएको छ । यसले ग्लोबल साउथमा मोबाइल फोन, इन्टरनेट, सामाजिक सञ्जाल र अन्य अनलाइन मञ्चहरूको पहुँच तथा प्रयोगसम्बन्धी ठोस तथ्यांक संकलन गरेको छ ।
“मोबाइल फोन तथा इन्टरनेटमा उपलब्ध सूचना तथा तथ्यांकले राष्ट्रिय जनसंख्याको प्रतिनिधित्व गर्दैन । यो सरकार र अन्य निर्णयकर्ताहरूलाई अप्राप्त तथ्याङक हुन्छ ।” मुख्य अनुसन्धानकर्ता तथा टोलीनेता गलपयाले बताए । धरातलीय यथार्थ बुझ्ने एकमात्र उपाय भनेको मान्छेसँग प्रत्यक्ष कुरा गर्नु हो । आफ्टर ऐक्सेस सर्वेक्षणको विमोचन कार्यक्रमका दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनल, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव सुभास ढकाल, आइएसओसी नेपालका अध्यक्ष सन्तोष सिग्देल, नेपाल टेलिकमकी व्यवस्थापक रिना डंगोल, भायनेट कम्युनिकेशनका प्रवन्ध सञ्चालक विनय बोहरालगायत थिए ।

प्रतिक्रिया दिनुहोस्