डेरी उद्यमीको आत्मकथा ‘हिँडेको गोेरेटो’ बजारमा «

डेरी उद्यमीको आत्मकथा ‘हिँडेको गोेरेटो’ बजारमा

इन्द्रबहादुर बस्नेतद्वारा लिखित ‘हिँडेको गोरेटो’ आत्मवृतान्त पुस्तक लोकार्पण भएको छ । मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी र डा. योगी विकासानन्दले संयुक्त रुपमा कुञ्ज थिएटरमा पुस्तक विमोचन गरे ।
पुस्तक विमोचनमा मन्त्रिपरिषदका पूर्व अध्यक्ष रेग्मीले स–साना मान्छेले नै देश विकास भएको र डेरीमा अनवरत काम गर्ने नेपालको डेरी क्षेत्रका पायोनियर इन्द्रबहादुर बस्नेतको किताब प्रेरणाको पुञ्ज भएको बताए । बस्नेत नेपालका पहिलो डेरी सञ्चालक हुन् ।
डा. योगी विकासानन्दले डेरीमा इन्द्रबहादुर बस्नेत र प्रकाशित पुस्तकले पनि अमिट छाप छाड्ने बताए । अर्गा्निक डेरीमा मुलुक प्रवेश गर्ने बेला भएकाले यतातर्फ पाइला चाल्न उनले लेखकलाई सुुझाए ।
कार्यक्रममा पूर्वमन्त्री विक्रमबहादुर थापा, दुग्ध विकास बोर्डका अध्यक्ष बाबुकाजी पन्त, नेपाल डेरीका संस्थापक तथा डेरी व्यवसायका अग्रणी हेरम्ब राजभण्डारी, डेरी उद्योग संघका अध्यक्ष अरनिको राजभण्डारी, आधुनिक डेरीका प्रबन्ध निर्देशक पूर्णबहादुर थापा, केन्द्रीय दुग्ध उत्पादक नारायण देवकोटाले शुभकामना व्यक्त गरे ।
हिँडेको गोरेटो पुस्तकका बारेमा बोल्दै लेखक इन्द्रबहादुर बस्नेतले आफूले लेखेको किताब आफूले भोगेको इतिहास भएको बताउँदै जीवनमा किताब लेख्छु भन्ने कहिल्यै नसोचेको र पुस्तक निक्लेकोमा खुुशी व्यक्त गरे ।
घोष्ट राइटिङ नेपाल (लेखन कुञ्ज) का अध्यक्ष कमल ढकालले घोष्ट राइटिङले समाजका लुकेका धेरै पात्रलाई अगाडि ल्याउने क्रममा यो पछिल्लो पुस्तक भएको बताए । हिँडेको गोरेटो पुस्तकका सम्पादक श्रीधर न्यौपानेले पुस्तकले मान्छेलाई आफैंले कुनै काम सुरु गर्नको लागि यो पुस्तक मार्गदर्शक भएको बताए । घोष्ट राइटिङ नेपालले बजारमा ल्याएको पुस्तकको मूल्य ३५० रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्