महालक्ष्मी विकास बैंकको थप २ शाखा «

महालक्ष्मी विकास बैंकको थप २ शाखा

 महालक्ष्मी विकास बैंकले आफ्नो सेवा देशभर विस्तार गर्दै लाने क्रममा आइतबार तथा बुधबार क्रमशः कास्की जिल्ला, पोखरा लेखनाथ महानगरपालिका–३०, स्थित सिसुवा शाखा तथा पर्सा जिल्ला, वीरगन्ज महानगरपालिका–१२, स्थित, श्रीपुर शाखा कार्यालयको औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । सिसुवा शाखाको उद्घाटन उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णहरी भण्डारीले दीप प्रज्वलनका साथ गरेका थिए भने श्रीपुर शाखाको उद्घाटन वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीले गरेका थिए । सोही अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने, सञ्चालक श्याम सुन्दर रुगंटा तथा वरिष्ठ प्रबन्धक प्रकाश घिमिरेको पनि उपस्थिति रहेको थियो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले सो समारोहमा ग्राहकको आवश्यकतालाई उल्लेख्य रूपमा सम्बोधन गर्दै आएको जानकारी दिँदै आगामी दिनमा बैंकले अझै उत्कृष्ट सेवा दिने तथा बैंकिङ सेवामा नेपाली जनताको पहुँच बढाउन बैंकले शाखा विस्तारको क्रमलाई निरन्तर अघि बढाइरहने प्रतिबद्धता गरे ।

प्रतिक्रिया दिनुहोस्