एनआरएन डे मनाईदै

आज अक्टोबर ११ विश्वभरबाट मुलुक फिरेका प्रवासी नेपालीहरुले भब्य रुपमा स्वयम्भुनाथ र पशुपतिनाथमा पुजा अर्चना गरेर एनआरएन डे मनाएका छन् ।
एनआरएन डे कार्यक्रममा एनआरएनका अध्यक्ष शेष घले लगायत संस्थापक अध्यक्ष उपेन्द्र महतो तथा संरक्षक एवं वर्तमान पदाधीकारीहरुले गैहे आवासीय नेपाली संघको सफलताको कामना पनि गरे । कार्यक्रममा एनआरएनका अध्यक्षका उमेदवार तथा उपाध्यक्ष भवन भट्टले एनआरएन विश्वमा छरिएर रहेका करौडौ नेपालीको हक अधिकारका लागी लड्ने साझा संस्था भएको बताए । आज दिनभरी कार्यक्रमहरु रहेको पनि संघले जनाएको छ ।