जोमसोममा कृषि विकास बैंकको अनलाइन बैंकिङको सुरुवात «

जोमसोममा कृषि विकास बैंकको अनलाइन बैंकिङको सुरुवात

मुस्ताङ जिल्लाको जोमसोममा कृषि विकास बैंकमा अनलाइन बैंकिङको शुभारम्भ कार्यक्रमको मंगलबार कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत लीलाप्रकाश सिटौलाबाट औपचारिक उद्घाटन भयो । कृषि विकास बैंक क्षेत्रीय कार्यालय, पोखराका निर्देशक मोहदत्त शर्मा पौडेलको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य कृषि विकास बैंक जोमसोमका प्रबन्धक सुदिल घिमिरेले गरे ।
स्थानीय जनताको सहयोग भएमा बैंकले बढीभन्दा बढी क्षेत्रहरु समेटी लगानी वृद्धि तथा अन्य थप बैंकिङ सेवा उपलब्ध गराउने विषयमा बैंकका प्रमुख कार्यकारी अधिकृत लीलाप्रकाश सिटौलाले प्रकाश पारे । त्यस्तै गरी कृषि विकास बैंकका उप–महाप्रबन्धक प्रताप सुवेदीले कृषि विकास बैंकले वित्तीय कारोबारका साथै सामाजिक सामुदायिक कार्यक्रम संचालन गर्ने, देशको आर्थिक विकासमा टेवा पु¥याउने, उद्यमशीलता विकासमा महत्वपूर्ण योगदान गर्न सबै नेपालीहरुको घर आँगनको बैंकका रूपमा कार्य गरेको विषयमा प्रकाश पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्