तेह्रथुम पावर कम्पनीको प्रबन्धकमा एनआईबीएल एस क्यापिटल नियुक्त «

तेह्रथुम पावर कम्पनीको प्रबन्धकमा एनआईबीएल एस क्यापिटल नियुक्त

 तेह्रथुम पावर कम्पनी लिमिटेडले जारी पुँजीमध्ये १० प्रतिशत अर्थात ४ लाख कित्ता साधारण सेयर उद्योग प्रभावित क्षेत्र तेह्रथुम जिल्लाका स्थानीय बासिन्दाहरूलाई र २० प्रतिशत अर्थात ८ लाख कित्ता साधारण सेयर सर्वसाधारणहरूमा जारी गर्न एनआईबीएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ ।
सेयर निष्कासनसम्बन्धी सम्झौतापत्रमा तेह्रथुम पावर कम्पनीको तर्फबाट प्रबन्ध सञ्चालक मोहनकुमार डाँगी र एनआईबीएल एस क्यापिटलको तर्फबाट महाप्रवन्धक मेखबहादुर थापाले हस्ताक्षर गरे । हाल उक्त कम्पनीको अधिकृत पुँजी ४० करोड, जारी पुँजी४० करोड र चुक्ता पुँजी ८ करोड रुपैयाँ छ । स्थानीय बासिन्दा तथा सर्वसाधारणहरूमा सेयर निष्कासन गरी बाँडफाँड गरेपश्चात कम्पनीको चुक्ता पँुजी ४० करोड रुपैयाँ हुनेछ ।
तेह्रथुम पावर कम्पनी लिमिटेडले तेह्रथुम जिल्लाका साविक मोराहाङ, श्रीजुङ, पौठाक र ओयाक्जुङ गाविसहरू हाल मेन्छ्यायेम गाउँपालिकामा ७.५ मेगावाट क्षमताको माथिल्लो खोरूंगा खोला साना जलबिद्युत आयोजनाको निर्माण कार्य गरिरहेको छ । हालसम्मको समग्र कार्य प्रगति हेर्दा ५५ प्रतिशत काम सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणस“ग २०७३ कात्तिकमा विद्युत् खरिद बिक्री सम्झौता गरिएको आयोजनाको सम्झौताअनुसार २०७६ पुस १ गते व्यापारिक विद्युत् उत्पादन गर्नुपर्नेछ तर कम्पनीले आयोजना २०७६ सालको असार १ गते अथवा ६ महिना पहिले विद्युत् उत्पादन गर्ने लक्ष्य सहित काम गरिरहेको छ । यस आयोजनामा माछापुच्छ«े बैंक लिमिटेडको अगुवाईमा नेपाल बंगलादेश बैंक लिमिटेड र जनता बैंक लिमिटेडको १ अरब (४०+३०+३०) लगानी रहेको छ । यो आयोजनामा निम्नानुसारका कम्पनीहरू कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्