महासंघ अध्यक्ष राणा र फ्रान्सेली राजदूतबीच भेटवार्ता «

महासंघ अध्यक्ष राणा र फ्रान्सेली राजदूतबीच भेटवार्ता

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा नेपालका लागि फ्रान्सका राजदूत फस्वाँ–जाभिए लेजेसँग नेपालमा लगानीका लागि सहकार्य गर्न आग्रह गरेकी छन् । राणा र लेजबीच बुधबार महासंघ सचिवालयमा भएको भेटवार्तामा राणाले दुई देशबीचको आर्थिक व्यावसायिक सम्बन्ध विस्तार, संयुक्त लगानी तथा आपसी हितका थुप्रै क्षेत्रहरू भएकाले संयुक्त सहकार्यलाई अगाडि बढाउन आर्थिक कूटनीतिमा जोड दिइन् ।
अध्यक्ष राणाले आपसी सहकार्यका क्षेत्रहरूको सम्भाव्यता अध्ययन गरी सम्भावित क्षेत्रमा लगानी एवं सहकार्यको लागि आग्रह गरेकी छन् । उनले नेपालमा विशेष गरेर कृषि, पर्यटन, ऊर्जा, भौतिक पूर्वाधार लगायतका विषयमा लगानीको सम्भावना धेरै रहेको जानकारी गराइन् । भेटवार्तामा नेपाल र फ्रान्सबीचको आर्थिक व्यवासायिक सम्बन्ध विस्तार, आर्थिक सहकार्यका विविध विषयमा छलफल भएको महासंघले जनाएको छ ।
राजदूत लेजेले फ्रान्स र नेपाल बीचको आर्थिक एवं व्यावसायिक सम्बन्ध विस्तारलाई थप मजबुत बनाउन आफ्नो तर्फबाट पूर्ण सहयोग रहने विश्वास दिलाए । उनले नियमित रूपमा व्यावसायिक प्रतिनिधिमण्डलको आदान प्रदान एवं सहकार्यका विषयमा गहनरूपमा भेटवार्ता एवं छलफल हुनुपर्नेमा जोड दिए । भेटवार्तामा महासंघका निमित्त महानिर्देशक गोपालप्रसाद तिवारी पनि सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्