प्रोस्टाइल म्यानहन्ट इन्टरनेसनल नेपाल–२०१७ का विजेता

ध्रुव बुढाथोकीले प्रोस्टाइल म्यानहन्ट इन्टरनेसनल नेपाल–२०१७ को उपाधि जितेका छन् । प्रोस्टाइल ड्यान्ड्रफ कन्ट्रोल तेल तथा हेयर क्रिमको उत्पादक तथा बजार व्यवस्थापन कम्पनी डाबर नेपालले शुक्रबार हयात रिजेन्सीमा आयोजित तथा कान्तिपुर एचडी च्यानलद्वारा प्रत्यक्ष प्रसारण गरिएको कार्यक्रमकाबीच विजेताको घोषणा गरेको जनाएको छ । प्रोस्टाइल म्यानहन्ट इन्टरनेसनल नेपाल–२०१७ डाबर नेपाल तथा ग्रुप अफ इभेन्ट एन्टरटेनर्स (जीईई)को सहकार्यमा आयोजना गरिएको थियो ।
डाबर नेपालले विजेतालाई नगद १ लाख रुपैयाँको पुरस्कार प्रदान गरेको छ । यसका साथै विजेताले अप्रिलिया टु–ह्विलर पनि प्राप्त गरेका छन् । विजेताले आगामी म्यानहन्ट इन्टरनेसनल २०१८ मा नेपालको प्रतिनिधित्व गर्ने छन् । यस्तै, यस प्रतिस्पर्धाबाट द्वितीय प्रकाश शाह, तृतीय साजिद आलम, प्रोस्टाइल मिस्टर हेयर सद्दाम हुसैन, रियल मिस्टर ट्यालेन्ट ध्रुव बुढाथोकी, डाबर रेड जेल मिस्टर फोटोजेनिक सरोज श्रेष्ठ, अप्रिलिया मिस्टर पर्सनालिटी सुदीप पाठक, सानमिगेल मिस्टर फ्रेन्डसिप सुदीप वस्ती, पारागन मिस्टर पपुलर सुदीप पाठक, जिमखाना मिस्टर फिजिक ध्रुव बुढाथोकी, आईईसी मिस्टर स्टाइलिस प्रकाश शाहले पनि अन्य टाइटलहरू जितेका छन् । डाबर नेपालका सेल्स तथा मार्केटिङका प्रमुख उपेन्द्र प्रधानका अनुसार प्रोस्टाइल अन्ततोगत्वा पुरुषहरूका लागि प्रस्तुत गरिएको उत्पादन हो ।