साउदी राजा अमेरिकाबिना दुई साता पनि नटिक्ने ट्रम्पको धम्की «

साउदी राजा अमेरिकाबिना दुई साता पनि नटिक्ने ट्रम्पको धम्की

वासिङटन-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो नजिकको मित्र साउदी अरेबियाप्रति तीखो टिप्पणी गरेका छन् । उनले अमेरिकी सेनाको सहयोग बिना राजा सलमान आफ्नो कुर्सीमा दुई साता पनि नटिक्ने बताएका हुन् । यो चेतावनी राजा सलमानलाई पनि दिइसकेको उनले बताए ।
मिसिसिपीको एक -यालीको समयमा ट्रम्पले भने,“हामी साउदी अरबको रक्षा गर्छौ । उनीहरु धनी छन् । मलाई राजा सलमान मन पर्छ । मैले उनलाई भनेको पनि छु कि हामी तपाईलाई सुरक्षा दिइरहेका छौ । तर तपाईले २ सातामै सत्ता गुमाउन पनि सक्नु हुनेछ । तपाइले आफ्नो सेनाका लागि आपैmले पैसा खर्च गर्नुपर्नेछ ।” यद्यपि यो कुरा ट्रम्पले साउदी अरबका प्रमुखसँग कैले भनेको हो भन्ने विषयमा भने केही पनि खुलाइएको छैन ।
ट्रम्पले साउदी अरबबिरुद्ध यस्तो तीखो टिप्पणी गरेपनि यो मुलुक इरानको बिरुद्धमा प्रयोगका लागि ट्रम्पको सूचीमा सबैभन्दा माथि देखिएको छ । नजिकको मित्र भएका कारण ट्रम्पले आफु राष्ट्रपति भएपछि सबैभन्दा पहिला साउदी अरबको भ्रमण गरेका थिए । साउदीको सरकारी समाचार संस्था एसपीएका अनुसार शनिबार ट्रम्पले सलमानलाई फोन गरेर तेल बजारको स्थितिको तथा विश्वव्यापी आर्थिक विकासको विषयमा कुराकानी गरेका थिए ।
साउदी अरेबिया विश्वकै ठूलो तेल निर्यातक मुलुक हो । यो मुलुक तेल निर्यातक संगठन ओपेकको सदस्य देशमा सबैभन्दा उच्च स्थानमा रहदै आएको छ । ट्रम्पले ओपेकको उच्च मूल्यमा तेल बिक्री गर्ने नीतिको आलोचना गर्दै आएका छन् । हालसालै मात्र सम्पन्न भएको संयुक्त राष्ट्र संघिय महासभामा ट्रम्पले ओपेक सदस्यका मुलुकले विश्वका बाँकि मुलुकलाई लुटिरहेको बताएका थिए । उनले यी मुलुक मध्ये अमेरिकाले कैयौ मुलुकको रक्षा गर्दै आएको तर बदलामा केही पनि नमलिेको बताएका थिए । यी मुलुक उच्च मूल्यमा तेल बिक्री गर्छन् । हामी चाहन्छौ कि यी मुलुकले तेलको मूल्य कम गरुन् ।

 

प्रतिक्रिया दिनुहोस्