रसायनशास्त्रतर्फको नोबेल पुरस्कार तीन जनालाई «

रसायनशास्त्रतर्फको नोबेल पुरस्कार तीन जनालाई

स्टकहोम-रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले यो वर्षको रसायनशास्त्रतर्फको पुरस्कार आधार फ्रान्सेस एच आरनोल्ड र अर्को आधा जर्ज पी स्मिथ र सर ग्रेगोरी पी विन्टरलाई प्रदान गर्ने निर्णय गरेको छ । आरनोल्डलाई इनजाइमको निर्देशित विकास र पी स्मिथ तथा पी विन्टरलाई पेप्टिडेस र एन्टिबडीको फेज डिस्प्लेका लागि प्रदान गर्न लागिएको हो ।
जीवनको विविधताको माध्यमबाट विकासको शक्ति सार्वजनिक भएको हो । यो वर्षको रसायनशास्त्रमा नोबेल विजेता विकासमाथिको नियन्त्रण कायम गरेको र यसलाई यसले मानवजातिलाई दिने विशेष फाइदाका लागि प्रयोग गरेका छन् । निर्देशित विकासको माध्यमबाट इन्जाइमको उत्पादन हुने र यसको प्रयोग जैविक इन्धनदेखि औषधीसम्मको उत्पादनका लागि प्रयोग हुने बताइएको छ । फेज डिस्प्लेको नामले चिनिने एन्टिबडी विधिले अटोइम्युन रोग र केही अवस्थामा मेटास्टाटिक क्यान्सर रोगसँग जुझ्नका लागि प्रयोग हुने बताइएको छ ।
यो वर्षका नोबेल विजेता विकासको शक्तिबाट प्रेरित भएका छन् र समान किसिमको सिद्धान्तको प्रयोग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्