ट्रम्प स्वंनै कर छलीमा «

ट्रम्प स्वंनै कर छलीमा

वासिङटन-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ९० को दसकका कर चोरी गरेका थिए । न्यूयोर्क टाइम्समा मंगलबार आएको समाचारले यो विषयको दावी गरेको हो । समाचारका अनुसार ट्रम्प आपूmलाई स्वाआर्जनको अर्बपति भन्दै आएका छन् । तर उनलाई आफ्ना पिता फ्रेड ट्रम्पको रियल स्टेट कारोबारमा ४१.३ करोड डलर पाएका थिए । उनले कर छलीमा आफ्ना पितालाई सहयोग गरेको र स्वं आपूmले पनि यसै गरेको न्यूयोर्क टाइम्ले जनाएको छ । अमेरिकी कर विभागले ट्रम्पको बिरुद्धमा आरोपको जाँच गरिरहेको छ ।
ट्रम्पले कर फिर्तामा आफ्नो आमा बुवाको सम्पत्ति कम भएको बताएका थिए । यो अवस्थामा जब सम्पत्ति ट्रम्प तथा उनका भाई–बहिनीमा सािरयो उनलाई कम कर तिर्नु परेको थियो ।
ट्रम्पका मातापिता मेरी तथा फ्रेडले १ अर्ब डलर भन्दा बढीको सम्पत्ति आफ्ना छोराछोरीलाई उपहारमा दिएका थिए । नियमका अनुसार उनीहरुले दिएको यो सम्पत्तिको कर ५५ करोड डलर हुन्थ्यो ।
ट्रमप र उनका भाई बहिनीले गलत जानकार िदिएर केबल ५.५२ करोड कर चुक्ता गरेका ष्थिए । उनीहरुलाई ५५ प्रतिशतको सट्टा केबल ५ प्रतिशत कर तिर्नु परेको थियो ।
न्यूयोर्क टाइम्सका अनुसार ट्रम्पले आफ्ना आमा बुवाबाट कुनै सम्पत्ति प्राप्त नभएको दावी गरेका छन् । तर उनलाई बाल्यकालदेखि हाल सम्म बुवाको कारोबारबाट फाइदा मिलिरहेको छ ।
ट्रम्पले गलत किसिमबाट कर छुट लिनका लागि आफ्ना बुवालाई सहयोग गरेका थिए । ट्रम्प र उनका भाइ बहिनीले नक्कली संस्था बनाएर आफ्ना आमाबुवाबाट उपहारमा मिलेको रकम लुकाइराखेका छन् ।
ट्रम्पले सधैभरी आपूmले बुवासँग लिएको १० लाख डलरको ऋणबाट १० अर्ब डलरको साम्राज्य खडा गरेको दावी गर्दै आएका छन् । तर न्यूयोर्क टाइम्सको समाचारमा यो दावीलाई खारेज गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्