एनआरएनएद्वारा पर्यटकलाई स्वागत «

एनआरएनएद्वारा पर्यटकलाई स्वागत

गैरआवासीय नेपाली संघ र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा संयुक्त अधिराज्यबाट आएको एक टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा स्वागत गरियो । ३९ औं पर्यटन दिवसको अवसर पारेर गरिएको कार्यक्रममा संघका उपाध्यक्ष एवं नेपाल प्रवद्र्धन समितिका सभापति सपीला राजभण्डारी, संघका सहकोषाध्यक्ष एवं नेपाल पर्यटन प्रवद्र्धन उपसमितिका संयोजक सोम सापकोटालगायतको उपस्थिति रहेको थियो ।
बेलायतको लण्डन शहरका काउन्सेलरसहितको पर्यटकीय टोली नेपाल ल्याउने कार्यको पहल बेलायतबाट प्रतिनिधित्व गर्ने अन्तर्राष्ट्रिय समन्वय परिषद्का पूर्व सदस्य पशुपति भण्डारीले गरेका थिए । आउने अक्टोबर ११ तालिख गैरआवासीय नेपाली दिवस मनाइँदैछ र गैरआवासीय नेपाली दिवसको समयमा संघले विभिन्न कार्यक्रम गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्