अमेरिकालाई चिढ्याउदै भारतले एस–४०० मिसाइल किन्ने «

अमेरिकालाई चिढ्याउदै भारतले एस–४०० मिसाइल किन्ने

मस्को-रुसी राष्ट्रपति भ्लादिमिर पुटिने यसै साता भारतको भ्रमण गर्दैछन् । यो भ्रमणको समयमा उनले भारतलाई ५ अर्ब डलरको एस–४०० वायु सुरक्षा प्रणालीको आपूर्ति गर्ने सम्झौतामा हस्ताक्षर गर्नेछन् ।
यस विषयमा जानकारी दिँदै क्रेमलिनका एक वरिष्ठ अधिकारीले पुटिन ४ अक्टोबरमा भारत जाने बताएका छन् । यो भ्रमणको एक प्रमुख उद्देश्य भनेको सतहबाट हावामा मार हान्ने लामो दुरीको एस–४०० मिसाइल बिक्रीमा हस्ताक्षर गर्ने रहेको छ ।
यो मिसाइलको खरिद सम्झौताबाट भारतको रक्षा सहयोगी अमेरिका क्रुद्ध भएको छ । अमेरिका भारतलाई रुसी प्रविधिबाट टाढा राख्न चाहन्छ । अमेरिकी रक्षा मन्त्रालयका एक वरिष्ठ अधिकारीले अगस्टमा भारतले यदी एस–४०० खरिद गरेमा उसमाथि प्रतिबन्ध लगाउने विषयमा पनि विमर्श गर्न सकिने बताएका थिए ।
अमेरिकाको यो सम्बन्धमा विशेष छुट माग्न सकिने संकेत भारतले दिएको छ ।
यद्यपि अमेरिकी अधिकारीले गत सातामै भारतको छुट मिल्ने वा नमिल्ने भन्ने विषयमा कुनै ग्यारेन्टी नभएको बताएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्