ग्लोबल आईएमई बैंक र चन्द्रागिरि हिल्सबीच सम्झौता सम्पन्न «

ग्लोबल आईएमई बैंक र चन्द्रागिरि हिल्सबीच सम्झौता सम्पन्न

ग्लोबल आईएमई बैंक र चन्द्रागिरि हिल्सबीच मंगलबार चन्द्रागिरि केबुलकारको टिकट खरिदमा छुटसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र चन्द्रागिरि हिल्सका महाप्रबन्धक अभिषेक विक्रम शाहले हस्ताक्षर गरेक थिए । उक्त सम्झौतापश्चात ग्लोबल आईएमई बैंकका डेबिट, क्रेडिट तथा प्रिभिलेज कार्ड लिएका ग्राहकले चन्द्रागिरिको थानकोटस्थित काउन्टरबाट केबुलकारको टिकट खरिद गर्दा २० प्रतिशत छुट पाउने बैंकले जनाएको छ । काठमाडौंको थानकोटमा रहेको पर्यटकीय गन्तव्यको रूपमा रहेको चन्द्रागिरिमा दिन प्रतिदिन बढ्दै गएको चापलाई ध्यानमा राख्दै ग्लोबल आईएमई बैंकले आफ्ना ग्राहकलाई सहुलियत दिने उद्देश्यले उक्त सम्झौतामा हस्ताक्षर गरेको पनि जनाएको छ । ग्लोबल आईएमई बैंकले आफ्ना ग्राहकहरूलाई बैंकिङ सेवाको अतिरिक्तअन्य सुविधाहरू प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्ता विभिन्न खाले योजनाहरू ल्याइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्