पोखरामा एक युवाको हत्या «

पोखरामा एक युवाको हत्या

पोखरा-

पोखरामा एक युवाको हत्या भएको छ । पोखराको पालिखेचोक÷नदीपुरमा राजकुमार महर्जन नाम गरेका करिब ३० वर्षीय युवाको हत्या भएको स्थानीयले बताएका छन् ।
उनको टाउकोमा गहिरो चोट लागेको छ भने उनको हत्या भएको स्थानमा रगत लतपतिएकोे छ । पालिखेचोकको एक खुल्ला टहरामा उनको शव स्थानीयले मंगलबार बिहान देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनको शव पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।
हत्या भएका युवाको सम्पूर्ण परिचय खुल्न सकेको छैन । केही दिनदेखि उनले कवाडी सामानहरु बेच्दै आएको उनका सहकर्मी पवन सुवेदीले बताए । हत्या भएको स्थानमा कवाडीको सामानसहितको बोरा र सेतो कपडामा रगत लतपतिएको अवस्थामा भेटिएको छ । उक्त घटनाको बारेमा अनुसन्धानका लागि करिब १५ जनालाई सोधपुछ गरिएको कास्कीका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले बताए ।

 

प्रतिक्रिया दिनुहोस्