ई–सेवाको ‘दसैं धमाका’ अफर «

ई–सेवाको ‘दसैं धमाका’ अफर

नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी ई–सेवा फोन पे प्रालिले नेपालीहरूको महान चाड दसैंलाई लक्षित् गर्दै ‘दसैं धमाका’ उपहार योजना सार्वजनिक गरेको छ । असोज २८ गतेसम्म सञ्चालन हुने यस उपहार योजनामा बम्पर, प्रथम, दोस्रो, तेस्रो , विशेष र अन्य योजनामा गरी ३ सय जनाभन्दा बढीले पुरस्कार जित्न सक्नेछन् ।
यस योजनाअनुसार कुनै पनि सदस्य बैंक अथवा नजिकैको ई–सेवा क्यास पोइन्टबाट रकम जम्मा गरि आर्कषक उपहारहरू जित्ने मौका पाइनेछ । ई–सेवा वालेटमा बैंक तथा क्यास पोइन्टबाट रू १०० वा सोभन्दा बढी रकम लोड गर्ने व्यक्ति यस उपहार योजनामा सहभागी हुनेछन् ।
पुरस्कारलाई बम्पर, प्रथम, दोस्रो, तेस्रो, विशेष र अन्य गरी ६ वर्गमा विभाजन गरिएको छ । अन्य उपहार जित्ने विजेताहरूको नाम प्रत्येक ३÷३ दिनमा घोषणा गरिनेछ । बम्पर, प्रथम, दोस्रो, तेस्रो र विशेष उपहार जित्ने ग्राहकहरूको नाम असोज २८ गते घोषणा गरिनेछ । सबै विजेता गोलाप्रथाबाट घोषित गरिनेछ ।
ई–सेवाको बम्पर उपहारमा एक जनाले थाइल्यान्डको बैंकक यात्राका लागि सस्तो टिकटमार्फत दुइटा हवाई टिकट प्राप्त गर्नेछन् । यसैगरी प्रथम उपहारका विजेताले समिट रिभर लजमा एक जोडीलाई एकरात दुई दिनको प्याकेज प्राप्त गर्न सक्नेछन् ।
यसैगरी द्वितीय पुरस्कारमा दुई जनाले ई–सेवा पसलमा १० हजार बराबरको सपिङ भौचर तथा तृतिय पुरस्कारमा तीन जनाले टाइटनको घडी जित्न सक्नेछन् । यसैगरी अन्य पुरस्कारमा २ सय ५० जनालाई ५ सय १ रुपैयाँका दरले ई–सेवामा ब्यालेन्स, १० जनालाई मनिक्युर र पेडिक्युर सेट, ५ जनालाई आकर्षक ज्याकेट, ५ जनालाई २४ सय बराबरको मिडास इक्लास, ५ जनालाई १ हजार बराबरको र अन्य ५ जनालाई ५ सय रुपैयाँबराबरको फुड कुपन प्रदान गरिनेछ ।
यी पुरस्कार हरेक ३–३ दिनमा ५६ जनाका दरले वितरण गरिनेछ । पहिलो ३ दिनका विजेताहरूको नाम भने सोमबार घोषणा गरिसकिएको छ ।
ई–सेवा नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त नेपालको पहिलो पेमेन्ट गेटवे हो । ई–सेवाबाट मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाईजहाज, बसको टिकट, स्कुल कलेजको शुल्कलगायतका सेवाहरूमा शुल्क भुक्तानी गर्न सकिन्छ ।
ई–सेवामा हाल ४७ वटा बैंक सदस्य छन् । यी बैंकबाट ई–सेवामा रकम जम्मा गर्न तथा ई–सेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ । हालसम्म ई–सेवाबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा ६० लाखभन्दा बढीले सेवा लिइरहेका छन् । हाल ई–सेवाका देशभर करिब ४० हजारभन्दा बढी एजेन्ट (ई–सेवा जोन तथा पोइन्ट) रहेका छन् । यी जोन पोइन्टबाट यात्रुहरूले सहजै ई–सेवाका सबै सेवा लिन सकिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्