टुरिजम लयर्स फोरमद्वारा होटल व्यवसायीलाई प्रशिक्षण «

टुरिजम लयर्स फोरमद्वारा होटल व्यवसायीलाई प्रशिक्षण

पर्यटनलाई कार्यक्षेत्र वनाएर कानुनको अभ्यास गरिरहेका कानुन व्यवसायीहरुको संगठन टुरिजम लयर्स फोरमले नेपालको कर प्रणालीमा भएका कानुनी प्रावधानको विषयमा प्रशिक्षण तथा अन्तरकृयात्मक कार्यक्रम गरेको छ ।
फोरमले बौद्ध, सिनामङ्गल, गौशाला तथा एअरपोर्टक्षेत्रमा रहेका पर्यटकीय स्तरका होटल व्यवसायीहरुलाई लक्षित गरी कार्यक्रम गरेको संगठनका अध्यक्ष घनेन्द्र श्रेष्ठले जानकारी दिए । कार्यक्रमलाई नेपाल पर्यटन वोर्ड, होटल संघ नेपाल र एकता होटल तथा व्यवसायी संगठनको सहयोग गरेको थियो ।
कार्यक्रममा आन्तरिक राजस्व विभागका निर्देशक शरद निरौलाले नेपालको मुल्य अभिवृद्धि कानुनका प्रावधान तथा कार्यान्वयनका विषयमा व्यवसायीहरुलाई जानकारी गराएका थिए । त्यसैगरी आयकरसँग सम्वन्धित कानुनले व्यवस्था गरिएका प्रावधान र लेखापरिक्षणका संन्दर्भमा चार्टर एकाउन्टेन्ट उमेश ढकालले प्रशिक्षण दिएका थिए । उक्त कार्यक्रममा होटल संघ नेपाल (हान) का कोषाध्यक्ष साजन शाक्य, एकता होटल तथा गेष्ट हाउस व्यसायी संगठनका अध्यक्ष मोहन थेबे तथा ट्रेकिङ्ग एजन्सी अफ नेपाल (टान) का पूर्व अध्यक्ष चन्द्रप्रसाद रिजालले मन्तव्य राखेका थिए ।
पर्यटन क्षेत्रमा कार्यरत व्यवसायी, सरोकारवाला संस्था, श्रमिक तथा राज्यका निकायहरु सँग सहकार्य गरी पर्यटन व्यवसायलाई आवश्यक पर्ने नेपालको कानुनले व्यवस्था गरेका कानुनी प्रावधान तथा विश्वव्यापी काननी मान्यताहरुका वारेमा व्यवसायीहरुलाई सुसुचित गर्दै पर्यटन व्यवसायलाई व्यवस्थित, मर्या्दित तथा सुरक्षित भावनाको जागृत गराउने उद्देश्यले टुरिजम लयर्स फोरम नेपाल गठन गरिएको जनाइएको छ । यस संगठनले पर्यटनका संघ संस्थाहरु संगको सहकार्या देशका अन्य प्रदेशहरुमा समेत पर्यटन व्यवसायसँग सम्वन्धित कानुनका विषयमा विभिन्न जानकारी मुलक कार्यक्रहरु सञ्चालन गर्ने लक्ष्य लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्