होन्डा हर्नेटको टेष्ट राइडमा वान प्लस सिक्स «

होन्डा हर्नेटको टेष्ट राइडमा वान प्लस सिक्स

नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले चाडपर्वको अवसरमा होन्डा हर्नेटको टेस्ट राइडमा १० दिनमा १० थान वान प्लस सिक्स स्मार्ट फोन प्रदान गर्ने भएको छ । असोज १५ गतेदेखि असोज २४ गतेसम्म देशव्यापी रुपमा फैलिएका होन्डाको आउलेटहरुबाट हुन लागेको यस टेस्ट राइड योजनामा ग्राहकहरुले हरेक दिन एउटा वान प्लस सिक्स स्मार्ट फोन जित्ने अवसर प्राप्त गर्न सक्ने छन् ।
स्पोर्टी बनोट तथा नयाँ स्टाईल र ग्राफिक्सका साथ अझ बढी पावरफुल रहेको यस नयाँ हर्नेट ग्रे र ग्रिन, ओरेन्ज र ग्रे, निलो, रातो अनि पहेलो गरी ५ रंगहरुमा उपलब्ध छ । फुल एलईडी हेड ल्याम्प र हाजार्ड लाईट स्विचजस्ता अत्याधुनिक विशेषता रहेको यस बाइकमा आपतकालीन समयमा सुरक्षित रहनका लागि तथा कम प्रकाशको बेला प्रयोग गर्न सकिन्छ । उत्कृष्ट ग्रीप र बढी समय टिक्ने सिल चेन रहेको सीबी हर्नेटमा उत्कृष्ट पर्फमेन्स रहेको छ । नेपाली बजारमा नयाँ होण्डा सिबि हर्नेट १६० आरको मूल्य २ लाख ९९ हजार ९ सय रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्