गुन्डा नाइके बस्नेत मुस्ताङ कारागार सरुवा «

गुन्डा नाइके बस्नेत मुस्ताङ कारागार सरुवा

गुन्डा नाइके समीरमानसिंह बस्नेतलाई मुस्ताङ कारागार सरूवा गरिएको छ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गाैतमको हत्या र गुन्डा नाइके दावा लामा माथी गोली प्रहार गरेको अभियोगमा पूर्पक्षका क्रममा केन्द्रीय कारागारमा रहेका बस्नेतलाई सोमबार जोमसोम कारागार सरुवा गरिएको स्रोतले जनायो । किन कारागार स्थानान्तरण गरियो भन्नेबारे स्रोतले केही खुलाउन मानेन । बस्नेत, अबैध हातहतियार कारोबार, जबर्जस्ती असुली, अपहरण लगायत संगठीत अपराधमा संलग्न गुन्डा हुन् । गाैचन हत्यामा संलग्न उनलाई गत वर्ष भारतबाट पक्राउ गरी काठमाडाैं ल्याइएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्