सन्दीप लामिछाने एनसेल ‘स्टार हम्बल हिरो’मा आबद्ध

एनसेल प्राइभेट लिमिटेडले नेपाललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा गर्ववान्वित बनाएका क्रिकेटर सन्दीप लामिछानेलाई आफ्नो ‘स्टार हम्बल हिरो’ मा दुई वर्षका लागि आबद्ध गरेको छ । ‘स्टार हम्बल हिरो’ कार्यक्रम एनसेलले आफ्नो सपनाप्रति प्रतिबद्ध रहँदै आफ्ना वरिपरिका सबैलाई उत्प्रेरित गरिरहेका, आफूलाई उत्कृष्ट बनाउन तथा आफ्नो समुदाय र देशलाई गर्ववान्वित बनाउने कार्य गरिरहेका प्रतिभाशाली व्यक्तित्वको सम्मान गर्दै रचनात्मक योगदान पुराउने उद्देश्य लिई तयार पारेको हो ।
यो पहल एनसेलले आफ्नो ब्रान्डको सार ‘आज, भोलि, सधै सँगै’ अनुरुप तयार गरिएको हो । यसमा कम्पनीले निःश्वार्थ भावनाका साथ दैनिक रुपमा देश र जनताका लागि अद्भुत कार्यहरू गर्दै नेपाललाई गौरवशाली राष्ट्र बनाउन योगदान पुराउने प्रेरणादायी तथा प्रतिभाशाली व्यक्तित्वहरूलाई आबद्ध गर्दै जानेछ ।
एनसेलले आफ्नो स्टार हम्बल हिरो अभियानको घोषणा बिहीबार एक कार्यक्रम माझ गरेको हो । कार्यक्रम सिफलस्थित बालमन्दिरको बाल संरक्षण गृहको परिसरमा भएको थियो । त्यहाँ सन्दीपले बालमन्दिरका बालबालिकाहरूलाई सम्बोधन गर्दै, उनीहरूसँग कुराकानी गर्दै उनीहरूलाई हौस्याएका थिए । बालबालिकाहरूले सन्दीपसँग क्रिकेट खेल्दै रमाइलो गरेका थिए ।
“देशमा रहेका प्रतिभालाई प्रेरणा तथा हौसला प्रदान गर्न एनसेलले सुरु गरेको यो पहल वास्तवमै सरहानीय छ । यसले हामी सबैलाई आफ्नो सपनाप्रति प्रतिबद्ध रहँदै समाजमा केहि गर्ने ऊर्जा प्रदान गर्ने विश्वास छ,” सन्दीपले भने ।
“नेपाली क्रिकेटका चम्किला तारा सन्दीपलाई स्टार हम्बल हिरोको रुपमा घोषणा गर्न पाएकोमा हामी निकै हर्षित छौं । उनको ऊर्जा तथा मनोभाव हाम्रो सिर्जनशील र सफलता अभिमुख संस्कृतिको विकास तथा प्रवद्र्धन गर्ने उद्देश्यसित मेल खान्छ,” एनसेलका प्रमुख कमर्सियल अधिकृत एण्डी चोङ्ले भने ।