कलर्सको ‘चट्ट क्यास पट्टलक’ योजना «

कलर्सको ‘चट्ट क्यास पट्टलक’ योजना

कलर्स एप्लाएन्सेसले आउँदै गरेको दसैँ–तिहारको अवसरमा ‘चट्ट क्यास पट्ट लक’को ग्राहक योजना घोषणा गरेको छ । यो योजनामा कलर्सका होम एप्लाएन्सेसको खरिदमा उपभोक्ताले १४ हजार ९० रुपैयाँसम्मको नगद फिर्ता तथा एक जनाले बम्पर लक्की ड्र मा ५५ इन्चको ४ के स्मार्ट टिभी जित्ने मौका पाउने भन्दै कम्पनीले यो योजना असोज १५ (सामबार)देखि सीमित अवधिका लागि कलर्सका नेपाल भरिका सबै प्रमुख स्टोर्सहरूमा उपलब्ध रहेको जनाएको छ । कलर्सका उत्पादन जस्तै रेफ्रिजेरेटर , एलइडी टिभीहरू,चेस्टफ्रिजर, अपराइट शोकेस, वासिङ मेसिनलगायत टिकाउ सामान तथा अन्य थुप्रै सामानहरू बजारमा उपलब्ध छन् जुन स्मार्ट घरको लागि उपयोगी हुने पनि कम्पनीले दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्