किमकै टेबुलमा परमाणु बटम «

किमकै टेबुलमा परमाणु बटम

उत्तर कोरियाली नेता किम जोङ उनले परमाणु हतियारको बटम सधै आफ्नै टेबुलमा रहने गरेको भन्दै अमेरिकालाई चेतावनी दिएका छन् ।“पुरै अमेरिकी मुख्यभूमि हाम्रो परमाणु हतियारको क्षेत्रमा छ र परमाणु बटम मेरै कार्यालयको टेबुलमा छ । अमेरिकाले यसलाई चेतावनीको रुपमा मात्रै नभई वास्तविकताको रुपमा लिनु आवश्यक छ,” किमले नयाँ वर्ष को वार्षिक सम्बोधनको क्रममा भनेको सीएनएन भाषण अनुवादले जनाएको छ ।
आफ्नो मुलुक जिम्मेवार परमाणु राक्ष्ट्र भएको र शान्ति मन पराउने मुलुक भएको उनले बताए । “हामी आक्रामक स्वभावका पनि छैनौ र परमाणु सक्ति प्रयोग गर्ने इच्छा पनि व्यक्त गर्दैनौ,” उनले भने । किमले आफ्नो मुलुकले परमाणु वारहेड र ब्यालेस्टिक क्षेप्यात्रको उत्पादनलाई गती दिने पनि उनले बताए ।
“परमाणु हतियारको अनुसन्धान र रकेट इन्जिनियरिङको क्षेत्रमा हामीले परमाणु वारहेडको आम उत्पादनलाई गती दिनु आवश्यक छ । जसको सक्ति र विश्वसनीयता पहिलेनै सुरक्षित रहेको छ,” किमले भने । “देशले परमाणु युद्धको सत्रुको कदमको बिरुद्ध बदला लिनका लागि पनि तयार हुनु आवश्यक छ,” उनको भनाई छ ।लोइ इन्सटिच्यूटमा अन्तर्राष्ट्रिय सुरक्षा कार्यक्रमका निर्देशक इउवान ग्राहमले परमाणु बटमको किमको टिप्पणीलाई केबल हल्ला मात्रै भएको बताए ।
“यसले हामील पहिले नसुनेको कुनै पनि कुराको बारेमा भनेको छैन । यो उनी नियन्त्रणको प्रमुख भएको सबैलाई आश्वस्त पार्नका लागि बताइएको छ । यो लगभग विजयको घोषणा जस्तै हो । उनीहरुले अमेरिकालाई निरुत्साहित पार्नका लागि यसो भनिरहेका छन् । उनीहरु आईसीबीएम पनि सञ्चालनमा ल्याएका छन् । यो प्राविधिक रुपमा एकिन पनि भएको छैन,”ग्राहमले भने ।
पछिल्ला महिनाहरुमा अमेरिका र उत्तर कोरियाबीचको तनाव बढ्दै गएको छ ।जोइन्ट चिफ अफ स्टाफका पूर्व अध्यक्ष माइक मुलेनले अमेरिका यो भन्दा पहिलेको उत्तर कोरियासँग युद्धको नजिक पुगेको बताएका छन् ।
उत्तर कोरियाको राज्य स्वामित्वको समाचार संस्था केसीएनएले आफ्नो मुलुक २०१८ मा पनि आफ्नो परमाणु हतियारको विकासका लागि प्रतिबद्ध भएको समाचार संप्रेषण गरेको थियो ।“उसको नीतिमा कुनै पनि परिवर्तनको अपेक्षा नगर्नुहोस्,” समाचारमा भनिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्