बजाजको नयाँ शोरुम भरतपुरमा «

बजाजको नयाँ शोरुम भरतपुरमा

हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले नेपाली बजारमा ल्याएको बजाज मोटरसाइकलको नयाँ शोरुम भरतपुरमा खुलेको छ । एचएच बजाजले आफ्नो शाखा विस्तार गर्दै पूर्ण सुविधासहितको नयाँ शोरुम ‘एन के मोटर्स’ संचालनमा ल्याएको हो । उक्त शोरुम चितवनको हाकिमचोकमा रहेको छ । एचएच बजाज आफ्ना ग्राहकहरुका लागि उनीहरुले खरिद गरेको सामग्रीको अधिकतम मूल्य भ्ुक्तान गर्नका लागि सधै प्रतिबद्ध रहेको छ । नयाँ शोरुमले ग्राहकहरुलाई मोटरसाइकलको स्पेयर पार्टस तथा एसेसरिज खरिदका लागि सहज बनाउने छ । हंशराज हुलासचन्द एण्ड कम्पनीका जेनेरल म्यनाजेर योगेन गुरुङले नयाँ शोरुम संचालनसँगै ग्राहकहरुको बढ्दो माग पूरा गर्न सहज हुने बताए । नयाँ शोरुमको शुभारम्भसँगै शोरुमले ग्राहकहरुका लागि आकर्षक पुरस्कारहरु समेत प्रदान गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्