सामसङले प्रस्तुत गरेको छ ‘बडा दसैंको बडा बचत’ योजना «

सामसङले प्रस्तुत गरेको छ ‘बडा दसैंको बडा बचत’ योजना

सामसङ नेपालले चाडपर्वको उपलक्ष्यमा आकर्षक योजना प्रस्तुत गरेको छ । दसैं–२०७५ को अवसरमा ग्राहकहरूले सामसङका कन्जुमर इलेक्ट्रोनिक्स उत्पादनहरूको खरिदमा आकर्षक छुट प्राप्त गर्न सक्ने जनाएको छ । ‘बडा दसैंको बडा बचत’ नाम दिइएको योजना ग्राहकहरूका लागि आफैंमा एक उपहार पनि भएको भन्दै कम्पनीले योजना अवधिभर सामसङका एलइडी, स्मार्टएलइडी, यूएचडी तथा क्यूएलइडी टेलिभिजनहरूको खरिदमा ३५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने बताएको छ ।
त्यसैगरी रेफ्रिजेरेटरको खरिदमा १७ प्रतिशतसम्मको छुट एवं वासिङ मेसिनको खरिदमा १४ प्रतिशतसम्म छुट पाउनुहुनेछ । यो योजना अवधिभर साइड बाई साइड रेफ्रिजेरेटर तथा फ्लेक्सबास वासिङ मेसिनको खरिद गर्नुहुने ग्राहकहरूले उपहार स्वरूप एक थान एयर प्युरिफायर प्राप्त गर्न सक्नुहुनेछ । यस योजनालाई अझ बढी आकर्षक बनाउन टिभि, रेफ्रिजेरेटर, वासिङ मेसिन, माइक्रोवेभ ओभन, भ्याक्युमक्लिनर, एयर कन्डिसनर तथा एयर प्युरिफायर खरिद गर्नुहुने ग्राहकहरूलाई लक्की ड्रमा समावेशगरिने छ । ‘बडा दसैंंको बडा बचत’ योजना यही असोज १५ गतेदेखि मंसिर १४ गतेसम्म लागू हुनेछ । लक्की ड्रको घोषणा योजना समाप्त भएको मिति पछि सामसङको आधिकारिक फेसबुक लाइभमार्फत गरिने पनि कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्