लक्ष्मी बैंकद्वारा २ थान विद्युतीय सफाटेम्पो हस्तान्तरण «

लक्ष्मी बैंकद्वारा २ थान विद्युतीय सफाटेम्पो हस्तान्तरण

लक्ष्मी बैंकले आइतबार काठमाडौंको पशुपतिनाथ परिसरमा प्रयोगका लागि २ थान विद्युतीय सफा टेम्पो हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत यो सहयोग गरेको हो ।
यो टेम्पो पशुपतिनाथ मन्दिर परिसरभित्र विषेशगरी वृद्ध र अशक्त भक्तजनहरुको निःशुल्क आवतजावतका लागि सञ्चालन हुनेछ । आइतबार पशुपति क्षेत्र विकास कोषले आयोजना गरेको एक कार्यक्रमा बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई सफा टेम्पोको साँचो हस्तान्तरण गरेपछि सेवाको शुभारम्भ भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्