सन नेपाल लाइफद्वारा वैदेशिक रोजगार बिमालेखको कारोबार «

सन नेपाल लाइफद्वारा वैदेशिक रोजगार बिमालेखको कारोबार

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बिमा समितिबाट जारी भएको वैदेशिक रोजगार जीवन बिमालेखसम्बन्धी निर्देशनबमोजिम आवश्यक प्रक्रिया पूरा गरी आइतबारबाट बिमालेख जारी गर्ने कार्य प्रारम्भ गरेको जनाएको छ । वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिई जाने कामदारहरूका लागि उमेर र बिमा अवधिको आधारमा एकमुष्ठ बिमा शुल्क लिई १० लाख रुपैयाँबराबरको वैदेशिक रोजगार जीवन बिमालेख जारी गरिन्छ भन्दै कम्पनीले जसमा बिमा गर्दा १५ वटा घातक रोगको पनि अनिवार्य बिमा गर्नुपर्ने व्यवस्था रहेको पनि जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्