गजुरी गाउँपालिकाको सूचना फोनबाटै «

गजुरी गाउँपालिकाको सूचना फोनबाटै

गाउँ–गाउँमा सिंहदरवार नारा दिएर स्थानीय तहको निर्वाचन सम्पन्न भएपश्चात् स्थानीय सरकारले जनताको ढाड सेक्ने गरी करको दायरा र रकम बढी असुलेको आरोप खेपिरहेका छन् । तर, गजुरी गाउँपालिकाले भने नागरिकले शौचालय जाँदा होस् वा सुतिरहेको अवस्थामा होस् गाउँपालिकाको सूचना थाहा पाउने व्यवस्था मिलाएको छ । गाउँपालिकाबाट जारी हुने सूचनालाई सहज पहुँचका लागि गत मंगलबारबाट फोनबाट निःशुल्क दिने व्यवस्था मिलाएको छ ।
आफ्ना नागरिकहरूलाई गाउँपालिकाको सूचनामा सहज पहुँच पु¥याउन अडियो नोटिस बोर्ड सञ्चालनमा ल्याएको उपाध्यक्ष सीता ढुंगनाले बताइन् । ग्रामीण बस्तीका नागरिकहरूको वेबसाइड, पत्रपत्रिका, रेडियो, टेलिभिजनमा पहुँच नहुने र पहुँच भए पनि पढ्न नसक्नेहरूलाई ती सामग्री अव्यावाहारिक हुने भएकाले अडियो नोटिस बोर्ड सञ्चालनमा ल्याएको उपाध्यक्ष ढुंगानाले बताइन् । नागरिकहरूले फोन गरेर गाउँपालिकाको सूचना घरबाटै वा काम गर्दा गर्दै पाउन सक्छन् । नागरिक सूचना प्राप्त गर्नबाट नछुटुन भनेर धादिङमै गजुरी गाउँपालिकाले पहिलो बाट अडियो नोटिस बोर्ड सञ्चालनमा ल्याएको उपाध्यक्ष ढुंगानाले बताइन् ।
अडियो नोटिस बोर्डमा ३ मिनेट सम्मको सूचना आवाज रेर्कड गराएर राखिएको हुन्छ । नहटाएसम्म वा अर्को सूचना अफलोड नगरेसम्म अघिल्लो सूचना सुन्न सकिने सूचना प्रविधि अधिकृत विवेक नेपालले बताए । गाउँपालिकाबाट जारी गरिने सूचना नागरिकहरूले निःशुल्क आफू बसेकै स्थानबाट पाउँछन् ।

प्रतिक्रिया दिनुहोस्