लुटेरा पक्राउ गर्न ३० स्थानमा प्रहरीको एम्बुस «

लुटेरा पक्राउ गर्न ३० स्थानमा प्रहरीको एम्बुस

चाडपर्व सुरक्षा

सुरक्षा टिप्स
♠ मोटो रकम बोकेर एक्लै नहिड्ने
♠ अपरिचितले दिएको बस्तु  सेवन नगर्ने
♠ टोल-छिमेकमा नौलो मानिस देखिए सोधपुछ गर्ने
♠ धम्कीपूर्ण फोन आए रेकर्ड गर्ने
♠ ठगी-किर्ते, कालोबजारी भए प्रहरीलाई खबर गर्ने
♠ राती कसैले बोलाए झट्ट ढोका नखोल्ने
♠ घरबाहिर निस्किदा तालाचावी लगाउँन नविर्सिने

♠ अधिक गरगहना लगाएर बाहिर नहिड्नुहोस

♠ बैंक-वित्तीय संस्थामा सादा पोशाकका प्रहरी तैनाथ

प्रहरीले चाडपर्वका समयमा लुटपाट र डकैती गरेर भाग्ने आपराधिक व्यक्ति तथा समूहलाई पक्राउ गर्न ३० ठाउँमा कुकुर सहितको ‘धराप टोली’ (एम्बुस टीम) तैनाथ गरेको छ । चोरी-डकैती तथा लुटपाटका घटनापछि अभियुक्त फरार हुन नदिन डीएसपी र इन्स्पेक्टरको कमान्डमा २५ टोलीलाई नाकावन्दी र सर्च एन्ड अपरेसनमा परिचालन गरिएको छ । दसैं-तिहार, छठ, नेपाल सम्वत लगायत चाडपर्वका वित्तीय अपराधमा संलग्न गिरोह सक्रिय हुने भन्दै महानगरीय प्रहरीले त्यसलाई नियन्त्रण गर्न काठमाडौंका ३० ठाउँमा ‘धराप टोली’ खटाइएको छ ।  काठमाडौं प्रमुख वसन्तकुमार लामाले वित्तीय अपराध नियन्त्रणका लागि सादा पोशाक, गस्ती र कुकुर सहितको धराप टीम तैनाथ गरिएको स्पष्ट पारे । “चाडपर्वका समयमा वित्तीय अपराधीको सक्रियता बढ्छ, त्यसलाई नियन्त्रण गर्न राजधानी भित्रिने नाका तथा भित्रि क्षेत्रमा धराप टोली र नियमित गस्ती तैनाथ भइसकेका छन्,” एसएसपी लामाले भने, “टिकट काउन्टर-राजमार्ग क्षेत्र, बैंक-वित्तीय संस्था, बजार-कलकारखाना, मठमन्दिर- शक्तिपीठ जस्ता क्षेत्रलाई हामीले अति संवेदनशील क्षेत्रका रुपमा लिएका छौं ।” लामाका अनुसार काठमाडौंलाई १४ क्षेत्रमा इलाका विभाजन गरेर सुरक्षा तैनाथी गरिएको छ ।  एसएसपी लामाका अनुसार ६० पैदल गस्ती, ३६ साइकल गस्ती, ३० मोटरसाइकल गस्ती, २४ मोटर गस्ती, ७० जना सूचना संकलन टोली, ३० ठाउँमा सील एन्ड सर्च अपरेसन, ३० स्थानमा घेरावन्दी अपरेसन तथा ७ स्थानमा कुकुर सहितको प्राविधिक टोलीलाई अपराध नियन्त्रण तथा शान्तिसुरक्षा व्यवस्थापनमा तैनाथ गरिएको छ । यस बाहेक कुनै किसिमको अपराध हुने वितिक्कै अपराधी खोज्न हतियार सहित ५३ वटा मोटरसाइकललाई  ‘क्विक रेस्पोन्स टीम’का रुपमा अलर्ट गराइएको छ ।तैनाथ गटोली, आकस्मिक जाँच बैंक-एटीएमबाट रकम निकाल्ने क्रममा लुटपाट हुनसक्ने औंल्याउँदै त्यसका लागि पनि विशेष संयन्त्र परिचालन गरिएको छ । बजारमा किनमेल गरेर फर्कने क्रममा सम्भावित लुटपाट नियन्त्रण गर्न सोही अनुसार सुरक्षा व्यवस्थापन गरिएको प्रहरीले जनाएाके छ ।घोषणा गर्दै मा २४ सै घण्टा सुरक्षाकर्मीलाई अलर्ट शक्तिपीठहतियार सहितको प्रहरीलाई धराप र सादा पोशाकका सुरक्षाकर्मी राजधानीका भित्रि तथा बाहिर महत्वपूर्ण थान त्यस विरुद्ध समयमा सबैभन्दा बढी आर्थिक कारोबार हुने र त्यसको मौका छोपआर्थिक कारोबार हुने क्षेत्र लक्षित गरेर सादा पोशाकका सुरक्षाकर्मी तैनाथ गरेको छ । मोटो रकम सहित बैंक-वित्तीय संस्था, बजार-कलकारखाना तथा मठमन्दीर ओहेरदोहोर गर्ने सर्वसाधारण आपराधिक गिरोहबाट लुटिन सक्ने जोखिम औंल्याउँदै महानगरीय प्रहरीले त्यस क्षेत्रलाई लक्षित गरी सादा पोशाक तथा गस्तीमा सुरक्षाकर्मी तैनाथ गरेको हो । यस बाहेक चाडपर्व मनाउँन गएको मौका छोपेर कोठा-घरमा लुटपाट हुनसक्नेप्रति पनि प्रहरीले सावधानी अपनाएको छ । यस बाहेक भक्तपुर र ललितपुर प्रहरीले पनि चाडपर्वलाई सुरक्षित र व्यवस्थित बनाउँन सादा पोशाक तथा गस्तीका सुरक्षाकर्मी तैनाथ गराइसकेको छ । 

प्रतिक्रिया दिनुहोस्